एक हजार १८० जना सङ्क्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौं, भदौ २९ गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १८० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा १० हजार २६६ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १८० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा चार हजार १७७ वटा एन्टीजेन परीक्षण गर्दा ३८२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत छ । पछिल्लो २४ घण्टामा एक हजार ५८९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९८४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ८८ हजार १८४ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै मंगलबारसम्म २६ हजार २०२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...