गण्डकीमा तीन महिनामा बाढि पहिरोबाट ३३ जनाको मृत्यु, ४४ घाइते, २ जना बेपत्ता

पोखरा, भदौ २९ गते । गण्डकी प्रदेश सभाको बैठक मंगलबारदेखि सुरु भएको छ । बैठकमा बोल्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा असार यता बाढि पहिरोले पुर्याएको क्षतीको विवरण र अवस्था बारे जानकारी गराउनुभएको छ ।


बर्खायामको सुरुआतसँगै गण्डकी प्रदेश र मुलुकभर बाढी पहिरोले ठूलो क्षति पु¥याएको छ उहाँले भन्नुभयो, ‘असार १ गते यता प्रदेशमा बाढीपहिरोमा परी ३३ जनाले ज्यान गुमाउनुभएको छ, ४४ जना घाइते हुनुभएको छ भने २ जना अझै बेपत्ता हुनुभएको छ । बाढी पहिरोमा परी ज्यान गुमाउननेहरु प्रति हार्दिक श्रद्धाञ्जली साथै मृतकका परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछुु ।’

उहाँले भौतिक क्षतिको विवरण सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरुमार्फत् संकलन भइरहेको जानकारी दिनुभयो । बाढी पहिरोले ५ सय २ घर, ५ वटा सरकारी कार्यालय, ७ वटा विद्यालय, ६ वटा सामुदायिक भवन, २५ वटा हाइड्रो पावर ३६ वटा पक्की पुल लगायतमा क्षति पुगेको छ । १ सय ७६ ठाउँको सडकमा क्षति पुगी यातायात अवरुद्ध जानकारी मुख्यमन्त्री पोखरेलले दिनुभयो ।

विपदको समयमा ७ सय ३१ घरका ३ हजार ७ सय ७० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताउदै उहाँल्े १२ सय ५ घर धुरीका ४ हजार ७ सय ६५ जनालाई ७९ लाख ६१ हजार ८ सय ९३ बराबरको जिन्सी सामग्री र ४१ लाख ८५ हजार नगद गरी १ करोड २१ लाख ४६ हजार ९ सय ७३ रुपैयाँ बराबर रकमको राहत वितरण गरिएको जानकारी प्रदेश सभामा गराउनुभयो ।विपद व्यवस्थापनमा ३ तहकै सरकारको जिम्मेवारीमा पर्ने सन्दर्भ यहाँ दोहो¥याइ रहनु पर्दैन भन्दै विपदबाट निधन हुनेको परिवारलाई संघ सरकारको तर्फबाट २ लाख, प्रदेश सरकारबाट ५० हजार रुपैयाँ राहतको प्रवन्ध गरिएको बताउनुभयो ।

यसैगरी बेपत्ताका परिवारलाई समेत तात्कालिक राहत, खाद्यान्नका लागि प्रति परिवार १५ हजार रुपैयाँ, अस्थायी आवासका लागि २५ हजार, उपचार खर्च ५० हजार प्रदेश सरकारले उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो ।
बाढी पहिरोले घर पूर्ण क्षति भएकालाई प्रदेश सरकारले प्रति परिवार १ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था पहिलेदेखि रहे पनि कार्यान्वयनमा नआएको बताउदै वर्तमान सरकारले क्षतिको विवरण संकलन गरी जिल्ला प्रशासन कार्यालयमार्फत् यो रकम उपलब्ध गराउन कार्य अगाडि बढाइसकेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले दुर्गम र हिमाली जिल्ला मनाङमा पूर्ण क्षति भएका घरका लागि १ लाख थप गरी २÷२ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भइसकेको बताउनुभयो ।उहाँले लघु जलविद्युत आयोजनामा पुगेको क्षतिबाट मनाङ सदरमुकाम चामेसहित कयौं बस्तीहरु लामो समय बिजुलीबिहीन भए । आर्थिक वर्षको अन्त्यमा सरकारी कार्यालयको काम प्रभावित भएपछि प्रदेश सरकारले तत्काल सोलारको प्रबन्ध गरेको सभामा बताउनुभयो । उहाँले मनाङ र गोरखाको चुमनुब्रीमा खाद्यान्नको अभाव हुन नदिन प्रदेशले हरसम्भव प्रयास गर्दै आएको विषय कतैबाट छिपेको छैन भन्नुभयो ।

उहाँले अबिरल वर्षाबाट हुने क्षति रोक्न बर्खा अगावै बर्खाको सुरुमा सबै जिल्लाहरुमा ग्याबियन जालीका लागि २० लाख रुपैयाँका दरले रकम निकासा गरिएको बताउदै ८५ वटै पालिकाहरुलाई ५ लाख रुपैयाँका दरले प्रदान गरिएको र आवश्यकता अनुसार विपद व्यवस्थापन कोषमा रकम पनि थप गर्दै गएको उल्लेख गर्नुभयो ।त्यसका अतिरिक्त प्रदेश विपद व्यवस्थापन कार्यकारिणी समितिको बैठक बसेर आवश्यक निर्णय गर्नुका साथै कार्यान्वयन समेत भइसकेको गरिमामय सदनमा जानकारी गराउन चाहान्छु उहाँले भन्नुभयो ।

उहाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नका लागि अत्यन्तै कम समय रहेको अवस्थामा यो सरकार बनेको बताउदै संवैधानिक र कानुनी व्यवस्थाको परिपालना गर्दै सरकार बनेको पर्सिपल्ट नीति तथा कार्यक्रम र त्यसको भोलिपल्ट हामीले बजेट प्रस्तुत ग¥यौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सदासयतापूर्ण सहयोगका कारण यो सम्भव भएको हो । यसका लागि म फेरि पनि धन्यवाद व्यक्त गर्दछु भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...