पोखरा र लन्डन बरो अफ बार्नेट सहरवीच भगिनी सम्वन्ध

पोखरा, भदौ २९ गते । लन्डन बरो अफ बार्नेट सहर र पोखरा महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । सन २०२१ मे १९ मा भगिनी सम्वन्ध कायम भएको हो । लण्डन बरो अफ बार्नेटको टाउनमा आयोजित औपचारिक समारोहमा दुई नगरबीच भगिनी सम्बन्ध स्थापित भएको घोषणा गरिएको थियो ।


बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको उपस्थितिमा बार्नेट नगरकी प्रमुख मेयर डा. क्यारोलिन स्टकले दुई नगरबीच भगिनी सम्बन्ध कायम भएको घोषणा गरिएको थियो । कोरोना भाइरसका कारण पोखरा महानगरबाट सहभागीता जनाउन सम्भवन भएकाले राजदुत रेग्मी प्रतिनिधिका रुपमा सहभागी हुनुभएको थियो । दुई देशबीचको सम्बन्ध विस्तारमा थप योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । लन्डन बरो अफ बार्नेटका पूर्व उपमेयर एंव काउन्सिलर लक्ष्यबहादुर गुरुङले पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई मंगलबार महानगरमै आयोजित कार्यक्रममा भगिनी सम्वन्ध कायम भएको सम्झौतापत्र हस्तान्तरण गर्नुभयो ।

भगिनी सम्वन्ध कार्यम भएपछि दु्ई सहरवीचको सम्वन्धलाई मजबुत बताउन पर्यटन, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा सहकार्य गरेर अगाडी बढन आग्रह गर्नुभयो । उहाँले पोखराले अहिलेसम्म १३ वटा सहरहरुसंग भगिनी सम्वन्ध कायम भएको बताउदै बरोसंगको सम्वन्ध ऐतिहासिक रहेको बताउदै सम्वन्धलाई दिगो बनाउन दुवै सहरको भुमिका रहने बताउनुभयो ।

धेरै नेपालीहरुको बसोबास रहेको भएकाले भगिनी सम्वन्ध महत्वपूर्ण रहेको बताउदै भन्नुभयो, ‘हामीले भगिनी सम्वन्ध कायम गरेका सहरहरुको सम्मेलन आयोजना गर्ने योजना बनाएका छौँ । यसले सम्वन्धलाई थप मजबुत र प्रगाढ बनाउन भुमिका खेल्ने छ विश्वास गरेका छौ ।’ नेपालीहरुले विश्वसामु इमान्दार र बहादुरका रुपमा आफुलाई चिनाएको बताउदै लण्डनमा पुगेर उपमेयर जस्तो पदमा पुग्नु ठूलो र गौरवको विषय रहेको बताउनुभयो ।

लन्डन बरो अफ बार्नेटका पूर्व उपमेयर लक्ष्य गुरुङले नेपालको पर्यटन राजधानीको रुपमा चिनिएको पोखरा शहरसंग सम्वन्ध स्थापित गरेर पर्यटन प्रवद्र्धनको ढोका खुलेको बताउदै यसको फाइदा लिर्नुपर्ने बताउनुभयो । भगिनी सम्बन्धले दुइ मुलुकहरु बीचको ऐतिहासिक सम्बन्ध अरु मजबूत हुने विश्वास व्यक्त गर्नुभयो । सन् २००५ मा बार्नेटमा बसोबास गर्न आउँदा देखी नै दुइ शहर बीच सम्बन्ध गांस्न पाए हुन्थ्यो भन्ने आफ्नो मनमा रहेको र अहिले त्यो सपना पुरा हुँदा आफुलाई अत्यन्तै खुसी लागेको बताउनुभयो ।कार्यक्रममा पोखरा महानगरका प्रवत्ता धनबहादुर नेपाली, वडा अध्यक्ष शंकर बास्तोला, महानगरका शाखा अधिकृत किरण कोइराला लगायतले लण्डनसंगको सम्वन्धबाट दुबै सहरका नागरिक वीचको सम्वन्धलाई बलियो बनाउने विश्वास ब्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...