महानगरस्तीय कविता प्रतियोगितामा त्रिभुवन शान्तिकी मञ्जिता प्रथम

पोखरा, भदौ २९ गते ।५७ औ राष्ट्रिय बालदिवसको अवसरमा आयोजित पोखरा महानगरपालिका बाल मञ्चले आयोजना गरेको कविता प्रतियोगितामा लेखनाथको त्रिभुबन शान्ति नमुना माध्यमिक विद्यालयकी मञ्जिता खड्का प्रथम हुनुभएको छ । १३ जना प्रतिस्पर्धीलार्ई पछाडी पादै खड्का प्रथम हुदै नगद ५ हजार र प्रमाणप प्राप्त गर्नुभयो ।

त्यस्तै प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलकी आसुतीष ढुंगाना द्धितिया र गण्डकीकै अशु अधिकारी तेश्रो स्थापन प्राप्त गर्नुभयो । उहाँहरुले क्रमश ३५ सय र २५ सय रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यस्तै प्रतियोगितामा एसोएसका सैलाता पौडेलले सान्त्वना स्थान सहित नगद १५ सय र प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगिताका विजेता विद्यार्थीलाई पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, महानगरका प्रवत्ता धनबहादुर नेपाली, महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले साहित्य विना जीवन अधुरो हुने बताउनुभयो । उहाँले साहित्यको विद्या मध्य कविताले पत्थरलाई समेत पगाल्ने सामथ्य राख्ने बताउनुभयो । उपप्रमुख गुरुङले साहित्यको आँखि झयालबाट संसार चिहाउन सकिने बताउदै बाल दिवसमा आयोजना गरिएको कविता प्रतियोगिता मार्फत बालअधिकारका विषयमा बालआवाजहरु मुखरीत भएको बताउनुभयो । बाल अधिकारको बारेमा महानगर प्रतिबद्ध रहेको बताउनुभयो ।

 

कार्यक्रममा अभास शर्मा, शंकरमणी त्रिपाठी, लिलि अधिकारीले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा सहभागी विद्यालका विद्याथीलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो । महानगर बाल मञ्चका अध्यक्ष निर्देश सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन प्रकृति अधिकारी र स्वागत कोषाध्यक्ष सविन सुनारले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...