सहारा पत्रकारीता पुरस्कारबाट पत्रकार परियार पुरस्कृत

पोखरा, भदौ ३० गते । यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार दीपक परियार पुरस्कृत हुनुभएको छ । सहारा क्लबको २३ औ बार्षिकोत्सव, १२ औ अधिवेशन तथा सम्मान कार्यक्रममा पत्रकार परियारलाई पुरस्कृत गरिएको हो ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङ र सहारा क्लबका केशबबहादुर थापाले नगद २० हजार ५ सय ५५ रुपियाँ, सम्मानपत्र, दोसल्लाले सम्मान गर्नुभयो ।

पत्रकार परियार हाल कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध हुनुहुन्छ भने उहाँले गोरखापत्र दैनिक लगायत विभिन्न सञ्चार माध्यममा समेत काम गरिसक्नुभएको छ । सहाराले यस बर्षको सहारा उत्कृष्ट सदस्यबाट रामप्रसाद हिराचनलाई सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले सहाराले फुटबल खेलको विकासमा पु¥याएको योगदानलाई मन्त्रालयले आत्मसाथ गदै विगतमा हुदै आएका सहयोगलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले आहा रार गोल्डकपमा चार जना विदेशी खेलाडी अनुवन्ध गर्न पाइने नियम रहेको र अनुवन्धन गरिएका दुई खेलाडीको खर्च खेलकुद मन्त्रालयले उपलब्ध गराउने जानकारी दिनुभयो ।

पुरस्कृत पत्रकार दीपक परियारले पुरस्कारले थप हौसला र प्रोत्साहन थपेको बताउनुभयो । उहाँले काठमाडौ बाहिर बसेर विट् पत्रकारीता गर्न कठिन रहेको बताउदै सहाराले गर्ने सम्मानले विट् पत्रकारी पुरस्कारले त्यसलाई प्रोत्साहन प्रदान गरेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...