सहारा क्लब पोखराको अध्यक्षमा हरीराम गुरुङ्ग

पोखरा, भदौ ३० गते ।पोखराको प्रतिष्ठित सहारा क्लबको अध्यक्षमा हरीराम गुरुङ्ग चयन हुनुभएको छ । क्लबको २३ अ‍ौ वार्षिकोत्सव एवं १२ अ‍ौ अधिवेशनबाट आगामी दुइ वर्षका गुरुङ्ग निविरोध चयन हुनुभएको हो ।

क्लबको वरिष्ठ उपाध्यक्षमा केशबराज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा स्रामजी प्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा नवराज अधिकारी र सहकोषाध्यक्षमा विनु रानामगर चयन हुनुभएको छ ।

त्यस्तै क्लबको सदस्यमा रोजिना गुरुङ्ग,ज्योति के. सी.,शंकर सुवेदी,अतित गुरुङ्ग, मनमाया तामाङ्ग र मनोज थापा चयन हुनुभएको छ । यसअघि अधिवेशनको गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ्गले उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...