बारकोड टिकट प्रयोग गर्दै गुप्तेश्वर महादेव गुफा खुल्यो

पोखरा । पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका वडा नं. १७ डेभिज फलमा रहेको प्रसिद्ध गुप्तेश्वर महादेव गुफा असोज १ गते पर्यटकको लागि खुल्ला गरिएको छ ।
कोरोनाको प्रत्यक्ष असरमा परेको आन्तरिक तथा वाह्य पर्यटक अत्याधिक आउने गुप्तेश्वर महादेव गुफामा १५ लाख लागतमा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको हो । पर्यटकले आफुले लिएको टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकोले दैनिक कति पर्यटकको आगमन भयो सजिलै थाहा हुने भएको छ ।

हरेक दिनको पर्यटकको संख्या लगाएत अन्य विवरणहरु पाउन सकिने भएकोले गुफाको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुग्ने प्रचारप्रसार उपसमितिका सदस्य कृष्ण रानाभाटले वताए ।
नयाँसालको सुरुवात मै संचालनमा ल्याउने तयारी रहेकोमा लकडाउनका कारण सामान नआएकोले अहिले मात्र संचालनमा ल्याइएको कार्यलय प्रमुख नारायण पौडेलले वताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...