मोटरहेडको टेक्कन आर २५० बाइक नेपाली बजारमा सार्वजनिक

नेपालको एकमात्र आधिकारिक बिक्रेता एसजी ग्रुप अन्तर्गतको एस.एल.आर. टेक्नो एण्ड ट्रेड प्रालि

काठमाडौं । मोटरहेड ब्राण्डको मोटरसाइकलका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता एसजी ग्रुप अन्तर्गतको एस.एल.आर. टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमबीच टेक्कन आर २५० बाइक सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल, एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरे, एलएलआरका अध्यक्ष लोकहर्ष शाक्य, एसएलआरका निर्देशक सुगम घिमिरेले बाइकलाई संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

बहुप्रतिक्षित बाइक टेक्कन आर २५० नेपाली बजारमा बिक्री शुभारम्भ भएको अवसरमा ४ लाख ५ हजार रुपैयाँमात्रै मूल्य कायम गरिएको महाप्रवन्धक उज्ज्वल जोशीले जानकारी दिए । यो मूल्य सीमित अवधिका लागि मात्रै हुने उनले बताए । ‘यो बाइक दुई आकर्षक रंग र ग्राफिक्समा उपलब्ध छ,’ उनले भने, ‘यो बाइक नेपाली बजारमा निकै धेरैको रोजाईमा पर्नेमा हामी विश्वस्त छौं ।’ यो बाइक २२३ सिसीमा उपलब्ध छ ।

उन्नत इन्जिन, कडा चेसिस/फ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट्स, राम्रो डिजाइन, स्लिक सेप इन्डिकेटर्स, इनिबल्ट इन्जिन लेग गार्ड, डबल डिक्स ब्रेक र आरामदायी सिट लगायतका विशेषताहरु यो बाइकमा रहेको जोशीले जानकारी दिए । ‘युवाहरुको रुची अनुसारको फिचर्स यो बाइकमा छ,’ जोशीले भने, ‘बिक्री पछिको सेवाको गुणस्तर वृद्धिमा निरन्तर प्रयास र मोटरहेड चीन टिमसँग निकट समन्वय गरी आउँदा दिनमा पुरै नयाँ स्तरमा ग्राहकलाई सन्तुष्टि दिने हामी अगाडि बढेका छौं ।’

देशभर मोटरहेडका १४ वटा डिलर तथा आउटलेटहरु छन् । ललितपुरको धोबीघाटस्थित कलंगा कम्प्लेक्स परिसरमा कर्पोरेट कार्यालय छ । कम्पनीले हालै धादिङ, मन्थली र कावाशोतीमा ३ अतिरिक्त थ्रिएस आउटलेट ल्याएको छ । चीनको बर्तमान ब्यापार नीतिमा भर्खरै परिवर्तन पनि आएकाले ग्राहकलाई स्पेयर्स पार्टस र उत्पादनको सहज उपलब्धतामा विश्वस्त रहन सकिने कम्पनीले जनाएको छ ।

एसएलआरले मोटरहेड ब्राण्डलाई नेपाली बजारमा बिगत ५ वर्षदेखि बिक्री वितरण गर्दै आइरहेको छ । दुईपाँग्रे बजारमा डर्ट सेगमेन्टको रुपमा मोटरहेड परिचित छ । त्यसका साथै कम्पनीले क्रसओभर र स्क्र्याम्बलर सेगमेन्टहरुमा पनि लोकप्रिय बनाउन प्रयास गरिरहेको छ । मोटरहेड बाइक नेपालको सबै भूगोलका लागि उपयुक्त रहेकाले पछिल्लो समय धेरै ग्राहकको रोजाईमा परेको कम्पनीले जनाएको छ । फराकिलो र ठूलो टायर, उच्च ग्राउण्ड क्लियरेन्स, प्रशंसनीय पिकअप, पावर र आरामको लागि यो बाइक परिचित रहेको कम्पनीले जनाएको छ । मोटरहेडका बाइकहरु अहिले नेपाली बजारमा ७ फरक मोडलहरुमा उपलब्ध छन् । जसको मूल्य २ लाख ९५ हजार रुपैयाँदेखि ४ लाख ५५ हजार रुपैयाँसम्म पर्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...