प्रचण्डले श्रीमतीलाई पदक दिलाए माधव नेपालले पितालाई

काठमाडौं। सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । तर, यी ९ सय बढी नेपालीहरुमध्ये पदवी पाउने केही सीमित व्यक्तिहरु अहिले चर्चामा छन्।

यसले सत्तामा रहेका राजनैतिक नेताहरुले कसरी पदकको अवमूल्यन गर्दै आफ्नालाई पदक दिलाउँछन् भन्ने पनि उदांगो भएको छ । पछिल्लो समय काँध थापेर शेरबहादुर देउवालाई सत्तामा पुर्‍याएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पहुँचका आधारमा आफ्नालाई पदक दिलाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । तर, राष्ट्रपतिले सम्मानित गरिएको भनिए पनि यसरी पदक वितरणमा राष्ट्रपतिको भूमिका सहीछाप गर्ने मात्रै हुन्छ । पदकबाट सम्मानित गरिनेको सूची मन्त्रिपरिषदले तयार गर्ने हो र त्यसलाई राष्ट्रपतिले सदर गर्ने मात्रै हो । यसबाहेक सूचीमा थपघट गर्ने अधिकार राष्ट्रपतिलाई हुँदैन ।

मनित्रपरिषदले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताको रुपमा प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेको छ । यस्तै माधवकुमार नेपालका पिता स्व. मंगल कुमार उपाध्याय नेपाललाई साहित्यकारका रुपमा सम्मान गरिने निर्णय गरिएको छ।

सीता दाहालको योगदान नितान्त दाहाल परिवारलाई राजनीतिक रुपमा अगाडि पढाउन पृष्ठभूमिबाट सघाउनेबाहेक अरु देखिएको छैन । मंगलकुमार उपाध्याय नेपाल पनि नाम सुनिएका साहित्यकार होइनन् ।

पदबहरु वितरण गर्ने क्रममा व्यक्तिको राष्ट्रका लागि योगदान भन्दा पनि राजनैतिक आस्था र राजनैतिक लाभ दिलाउन सघाउनेहरुलाई प्राथमिकतामा राखिएको देखिएको छ।

सर्वोच्च पदक नेपालरत्न पूर्वप्रधानमन्त्री तथा सन्त नेता स्व. कृष्णप्रदास भट्टराईलाई प्रदान गरिने भएको छ । सम्भवतः उनलाई पदक दिने विषयमा कसैलाई आपत्ति नहोला र नेपाली जनताले उनको योगदानलाई सम्मान गर्नेछन् । यद्यपि उनी नेपाली कांग्रेसका पूर्व सभापति हुन् ।

दोस्रो ठूलो मानपदवी राष्ट्र गौरव पदवीबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्ण शमशेर राणालाई प्रदान गरिनेछ। झलनाथ खनाल नेकपा एमालेबाट विद्रोह गरेर अहिलेको सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका र पार्टी विभाजन गरेर नेकपा एकीकृत एकीकृत समाजवादीमा गएका नेता हुन् भने सुवर्ण समशेर नेपाली कांग्रेसका पूर्व सभापति हुन् ।

महाउज्ज्वल राष्ट्रदीप पदवीबाट सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई सम्मानित गरिनेछ । जबरा उनै हुन् जसले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश दिएका थिए। जबकि नेपालको संविधानमा अदालतले नाम तोकेरै प्रधानमन्त्री नियुक्त गर्ने कुनै प्रावधान छैन। रोचक त के भने उनको नाम गणेशमान सिंह पत्नी तथा चर्चित महिला नेतृ मंगललादेवी सिंह र स्वरसम्राट नारायणगोपालको भन्दा पनि माथि छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...