भुतपुर्व खेलाडी मञ्चको अध्यक्षमा पराजुली निर्वाचित

पोखरा, असोज ३ गते । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको अध्यक्ष हरि प्रसाद पराजुली निर्विरोध चयन भएका छन ।

पोखरामा आइतबार सम्पन्न भएको मञ्चको एघारौं साधारण सभा तथा सातौं अघिवेशनले अध्यक्ष पराजुली सहितको २१ सदस्यिय कार्य समितीलाई आगामी तिन वर्षका लागि निर्वाचित गरेको हो । नव निर्वाचित अध्यक्ष पराजुली भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन भने यस अघि उनी मञ्चको प्रथम उपाध्यक्ष समेत रहेका थिए ।

 

यसै गरि सम्पन्न अधिवेशनले मञ्चको प्रथम उपाध्यक्षमा दिल बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा खेम बहादुर गुरुङ, महासचिवमा कृष्ण तिमिल्सिना, सचिवमा केशव पाठक, कोषाध्यक्षमा महेश पौडेल र सह–कोषाध्यक्षमा हरि बहादुर बरुवाल सर्वसम्मत रुपमा निर्वाचित भएका छन ।

 

यस्तै संस्थाको कार्यसमिती सदस्यमा याम बहादुर गुरुङ, दिनेश कुमार श्रेष्ठ, ओम बहादुर गुरुङ, भरत कुमार आले, विश्व तण्डुकार, हरिश्वर पोखरेल, पुष्पा श्रेष्ठ, इन्द्रा मल्ल, शान्ती थापा, राम बहादुर क्षेत्री, गज बहादुर गुरुङ, ज्वाला थापा, क्या. सम्मर बहादुर थापा र रमेश कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन ।

यस अघि एघारौं साधारण सभा तथा सातौं अघिवेशनलाई उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको राजधानी पोखरालाई स्पोर्टस हवको रुपमा विकास गर्न प्रदेश सरकारले सोच अघि बढाएको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...