युवा संघ अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा सुवेदी

पोखरा, असोज ३ गते । राष्टिय युवा संघ नेपाल अन्नपूर्ण गाउँपालिकाको युवा भेला आइतबार सम्पन्न भएको छ । भेलालार्ई युवा संघका पूर्व अध्यक्ष गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले उद्घाटन गर्नुभयो । भेलालाई सम्वोधन गदै पहारीले नेकपा एमाले विना देशमा विकास र समृद्धिको ढोका बन्द हुने बताउदै आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउने गरी युवाहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले कास्कीका सचिव दामोदर बैरागी, युवा नेता विष्णु केसी, युवा संघका केन्द्रीय सचिव महेन्द गुरुङ, युवा संघ नेपालका स्थायी कमिटि सदस्य विष्णु पुन, सचिवालय सदस्य डिल्लिराम सुवेदी, कास्की अध्यक्ष पानबाहदुर जिसी, खेलकुद महासंघ कास्कीका सचिव शिव अधिकारी, एमाले नेता इमानराज पौडेल लगायतले नेकपा एमालेका बारेमा बोल्नुभएको थियो । यसैवीच भेलाले शिवराज सुवेदीको अध्यक्षतामा ३५ सदस्यीय युवा संघ अन्नपूर्ण गाँउपालिका कमिटि गठन गरेको छ । भेला विष्णु भुगाईको अध्यक्षतामा भएको थियो भने सञ्चालन युवा संघ केन्द्रीय सदस्य नवराज के.सीले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...