पोखरामा पर्खालले च्यापिदा एक जनाको मृत्यु

पोखरा, असोज ४ गते । पोखरामा पर्खाल च्यापिएर एक जनाको मृत्यु भएको छ । सोमबार पोखरा महानगरपालिका १३ बाझपाटन स्थित बालकल्याण माध्यमिक विद्यालयको पुरानो पर्खाल भत्काउने क्रममा मृत्यु भएको गण्डकी प्र्रदेश प्रहरी कार्यालय गण्डकीले जनाए्रको छ ।

मृत्यु हुनेमा बसन्तपुर घर भई हाल पोखरा महानगरपालिका १३ मियापाटन बस्ने वर्ष अन्दाजी २० को रितेश रामलाई पर्खालले च्यापि मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा थप अनुसन्धान भैरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...