हिमालय सहकारीको रक्तदानमा ४० युनिट संकलन

हेमजा, असोज ५ गते ।हिमालय बचत तथा ऋण सहकारी संस्था लि. पोखरा २५ हेमजाको ९ औ वार्षिकोत्सवको अबसरमा रक्तदान कार्यक्रम मंगलबार हेमजामा सम्पन्न भएको छ ।

हिमालय बचत तथा ऋण सहकारी सँस्था लि.को आयोजना एवं रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । पोखरा महानगपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाकर तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञावाली, सल्लाहाकार मादबशरण पौडेल लगाएतले आफनो भनाइ राखेका थिए ।

 

लेखा समिति संयोजक भरतराज अधिकारीले स्वागत गरि सुरु गरको कार्यक्रममा शिक्षा उपसमिति संयोजक मनहरी तिमिल्सिनाले सहकारीका सात सिद्धान्त बाचन गरेका थिए ।संस्थाका अध्यक्ष राजेन्द्र बहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब मेगराज त्रिपाठीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...