काठेखोलाका सबै वडामा भेला गर्दै एमाले

बागलुङ, असोज ६ गते । नेकपा एमाले काठेखोला गाउँपालिका संगठन कमिटि बागलुङले पालिका अन्तरगतका सबै वडामा वडा भेला, वैठक र अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ ।गाउँपालिका कमिटिको मंगलवार सम्पन्न वैठकले पालिकाका ८ वटै वडामा भेला, वैठक तथा अन्तरक्रिया गर्ने योजना निर्माण गरेर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

आगामी कात्तिक ६ गते एमालेले देशभरका वडा अधिवेशन र ९ गते सबै पालिकाको अधिवेशन गर्ने केन्द्रको निर्देशन अनुसार काठेखोला गाउँपालिका अधिवेशन र वडा अधिवेशनलाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको एमाले काठेखोलाका संयोजक डिल बहादुर कार्कीले जानकारी दिनुभयो ।

काठेखोला गाउँपालिका वडा नं. १ मा असोज ९ गते, वडा नं. २ भीमापोखरामा मा १३ गते, वडा नं. ३ धम्जामा मा २१ गते, वडा नं. ४ तंग्राममा मा १२ गते, वडा नं. ५ मा उपल्लो बिहुँमा ९ गते, वडा नं. ७ रेशमा ९ गते, वडा नं. ८ लेखानीमा असोज २१ गतेका लागि भेला आयोजना गर्ने निर्णय वैठकले गरेको छ । वडा नं. ६ तल्लो बिहुको भेला पछि तोक्ने जनाइएको छ ।

भेला सम्पन्न गर्नका लागि सम्बन्धित वडामा रहेका जिल्ला कमिटिका सचिवालय तथा जिल्ला सदस्यहरु, पालिका कमिटिका पदाधिकारी तथा सदस्यहरु र वडा कमिटिका पदाधिकारीहरुलाई जिम्मेवारी दिइएको छ ।

एमाले बागलुङले जिल्लाका १० वटै पालिकामा असोज १२ गतेभित्र र ८५ वटै वडामा असोज २५ गतेभित्र भेला, वैठक तथा अन्तरक्रिया गरी वडा अधिवेशन र पालिका अधिवेशनको तयारी गर्न निर्देशन गरेको थियो ।

जिल्लाको निर्देशन अनुसार काठेखोला गाउँपालिकाले असोज ५ गते नै पालिका कमिटिको वैठक बसेर पालिकाका सबै वडामा पार्टी गतिविधिलाई व्यापक रुपमा अगाडि बढाउने निर्णय गरेको हो ।

वैठकमा एमाले गण्डकी प्रदेशका सदस्य हिरा बहादुर केसीले प्रदेशको र जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतमले जिल्ला कमिटिको निर्देशनका बारेमा जानकारी गराउनु भएको थियो । वैठक संयोजक डिल बहादुर कार्कीको अध्यक्षता र सचिव विद्यापती शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

एमाले जिल्ला कमिटिले काठेखोलाका गोविन्द खड्का, विद्यापति शर्मा, मनिता खड्का, याम बहादुर श्रीस, रन बहादुर थापा, हेमलाल विश्वकर्मा, युक्तप्रसाद कंडेल, हरि कुँवर, शारदा थापा (चित्रकला), थम्मन जिसी र विश्व गौतमलाई जिल्ला कमिटि सदस्य चयन गरेको थियो । जिल्ला कमिटिका सदस्यहरु मध्ये अमर थापा, टिकाराम सापकोटा, प्रेम लामिछाने, विद्यापति शर्मा, मनिता खड्का, याम बहादुर श्रीस, युक्तप्रसाद कंडेल र हरि कुँवरलाई जिल्ला सचिवालयको समेत जिम्मेवारी दिइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...