पबित्र सहकारीको स्थापना दिवसमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

पोखरा । रानाभाट भाट समाजद्वारा संचालित पोखरामल पृथ्वीचोकमा रहेको पबित्र बचत तथा ऋण सहकारी संस्थाको ११ औं स्थापना दिवसको अबसरमा लामेआहाल स्थित वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।सहकारीले पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रमलाई चामल, दाल, तेल, चना, बिस्कुट, नुन, चिनी, चिया लगाएत खाद्यान्न सहयोग गरेको हो ।

सहकारीका अध्यक्ष शिबबहादुर रानाभाटले सहकारीको सामाजिक उत्तर दायित्व अन्तर्गत आश्रमलाई सहयोग गरिएको बताए ।सो अबसरमा संस्थाका सल्लाहकार चन्द्रबहादुर रानाभाटले आश्रमको सुरुवाती अवस्थादेखि हालसम्मको प्रगति सबैको सामु देखिएको भन्दै आगामी दिनहरुमा पनि उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।कार्यक्रममा सहकारीका उपाध्यक्ष बुद्धिबहादुर रानाभाट, संस्थापक सचीव एवं पत्रकार कृष्ण रानाभाट, कोषाध्यक्ष सु. होमबहादुर रानाभाट, सदस्य तथा ऋण समिति संयोजक सु. भिमबहादुर रानाभाट, कार्य समिति सदस्य कल्पना भण्डारी रानाभाट लगाएतले वोलेका थिए ।

 

सहयोग ग्रहण गर्दै राधाकृष्ण बृद्धाश्रम संचालक समितिका अध्यक्ष प्रेम लिगलले तपाईंहरु जस्तै सहयोगदाताहरुको सहयोगले संचालन भएको बताउँदै आगामी दिनमा पनि सहयोगको लागि आग्रह गरेका थिए ।सहकारीका अध्यक्ष शिवबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव गुप्तबहादुर रानाभाटले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...