अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प

काठमाडौं, असोज ६ गते । दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । सो भूकम्पले मेलबर्न लगायतका शहरमा घरहरु भत्किएका छन् ।

स्थानीय सयम विहान ९ :१५ बजे (नेपाली समय ५ बजे तिर ) सो भूकम्प गएको बीबीसीले जनाएको छ । छिमेकी दक्षिण अस्ट्रेलिया र न्यू साउथ वेल्समा मा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । साथै ४.० र ३.१ रेक्टरका पराकम्प पनि गएको जनाइएको हो । अस्ट्रेलियाका प्रधानमनत्री स्कट मोरिसनले भूकम्पमा कोही पनि गम्भीर घाइते भएको जानकारी नभएको भन्दै त्यो खुशीको खबर भएको बताउनुभयो ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...