प्रदेश २ का मुख्यमन्त्री रावत तीन दिने भ्रमणका लागि पोखरामा 

पोखरा, असोज ६ गते । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु रावत तीन दिने भ्रमणका लागि बुधबार पोखरा आउनु भएको छ । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री रावत पोखरा भ्रमणमा आउनुभएको हो ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, बाणिज्य तथा अपूर्तिमन्त्री मणिभद्र शर्मा, सुचना सञ्चार तथा प्रदेश सभामा मार्मिलामन्त्री विन्दुकुमार थापाले पोखरा विमानस्थलमा स्वागत गर्नुभयो । पोखरा विमानस्थलमा उहाँको स्वगतका लागि पञ्चकन्या सहित प्रदेश सरकारका अधिकारीहरु पुग्नुभएको थियो ।

 

दुई प्रदेश बीचको आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले मुख्यमन्त्री नेतृत्वको टोली तीन दिने भ्रमणका लागि पोखरा आउनु भएको गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

 

 दुबै प्रदेशबीचको सहकार्य र पर्यटन प्रवद्र्धनका विषयमा छलफलका समेत गरिने भएको छ । बिहिबार बिहान होटल बाराहीमा दुई प्रदेशवीचको पर्यटन प्रर्वद्धन लगायतका विषयमा छलफल कार्यक्रम आयोजना गरिएको टानका महासचिव कमला गरिने जानकारी दिनुभयो । उक्त कार्यक्रमको व्यवस्थापन टानले गरिरहेको छ ।

 

मुख्यमन्त्री रावतलले तीन दिने भ्रमणमा पोखराका पर्यटकीय क्षेत्रहरुको भ्रमणका तालिका तय भएको नेपाल एशोसियशन अफ दुर एण्ड ट्राभल एजेन्टस्ले जनाएको छ । मुख्यमन्त्री रावतको सम्मानमा बुधबार साँझ पोखराको लेकसाइड स्थित होटल बाराहीमा गण्डकी प्र्रदेशका मुख्यमन्त्रीले राती भोजको समेत आयोजना गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...