नागढुंगा स्थित तिवारी फोम हाउसमा आगलागि

पोखरा, असोज ६ गते ।पोखराको नागढुंगास्थित तिवारी फोम हाउसमा आगलागि भएको छ । मंगलबार राती करिब ९ बजेको समयमा आगलागि भएको पसलका सञ्चालक थानेश्वर तिवारीले जानकारी दिए । पसलमा आगलागि हुँदा फोम, म्याट्रेस, कुशन कार्पेट लगायतका वस्तुहरु जलेर नष्ट भएको तिवारीले बताए ।

ध्रुव राजभण्डारीको घर भाडामा लिएर तिवारीले पसल सञ्चालन गर्दै आएका थिए । पसलमा भएको आगलागिबाट करिब ६५ लाख बराबरको क्षति भएको उनले बताए । पोखरा महानगरको बारुणयन्त्र, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको र मानवीय क्षति भने नभएको बताईएको छ ।

 

विगत १० वर्षअघि सुरु भएको उक्त पसल न्यूरोडमा सञ्चालित रहेकोमा एक महिना अघिमात्र उक्त ठाउमा स्थान्तरण गरिएको थियो । चट्याङका कारण विद्युत सर्ट भई आगलागि भएको हुनसक्ने अनुमान गरिएको छ । तर आगलागिको कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...