सुडानमा भएको सत्ता हत्याउने प्रयासको दक्षिण सुडनाद्धारा निन्दा

७ असोज : दक्षिण सुडानले सुडानमा हालै भएको सत्ता हत्याउने प्रयासको निन्दा गरेको छ । सो प्रयासलाई दक्षिण सुडानले प्रजातान्त्रिक प्रक्रियामाथिको हमला भनेको छ । अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान प्रयास गर्नुको सट्टा राजनीतिक ‘कू’ को प्रयास गर्नु निन्दनीय भएको दक्षिण सुडानको विदेश मन्त्रालयले जनाएको छ ।

सुडान अहिले राजनीतिक सङ्क्रमणकालको चरणमा रहेकाले यहाँका राजनीतिक दलहरुले यसअघि गरेका प्रतिबद्धताअनुसार प्रजातान्त्र सुदृढ गर्न लाग्नुपर्ने सो मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...