प्रदेश २ का मुख्यमन्त्री राउतद्धारा पोखरा रंगशाला अवलोकन

पोखरा, असोज ७ गते । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले पोखरा रंगशालाको अवलोक गर्नुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणामा तीन दिने पोखरा भ्रमणमा आउनुभएका राउतले पोखरा रंगशालाको अवलोकन गर्नुभएको हो ।


अवलोकनका क्रममा उहाँले पोखरा रंगशाला जस्तै भौतिक पूर्वाधार अन्य प्रदेशमा समेत निर्माण हुर्नुपर्ने बताउनुभयो । विदेशमा जस्तै भौतिक पूर्वाधार निर्माण भएको बताउदै भन्नुभयो,‘यसले खेलकुदको विकासमा महत्वपूर्ण रहेको बताउदै खेल पर्यटन प्रवद्र्धनमा सहयोग पुग्र्छ । पोखराको रंगशाला हेर्दा विदेश जस्तै लाग्यो ।’ उहाँले पोखरा रंगशालाको फुटबल स्टेडियम, बहुउदेश्यीय कर्भड हल, ब्याडमिन्टन हल, क्रिकेट मैदान लगायतका पूर्वाधारको अवलोकन गर्नुभएको थियो । पोखरा रंगशालाको बारेमा राखेप सदस्य राजेशकुमार गुरुङले जानकारी गराउनुभएको थियो ।

रंगशाला पुग्नुभएका मुख्यमन्त्री राउतलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, गण्डकी प्रदेश खुलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार सहित खेलकुद पदाधिकारी, सदस्य र कर्मचारीले स्वागत गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...