गण्डकीलाई पहिलो साक्षर प्रदेश बनाउँछौँ : मन्त्री श्रेष्ठ

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताउनुभएको छ ।

बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारीदिनुभयो । सरकारका १०० दिनको कामका विषयमा समीक्षा गर्दा साक्षर प्रदेश बनाउने अभियानलाई जोड्नुपर्ने जनाउँदै उहाँले एक महिनाभित्रै प्रदेश साक्षर घोषणा हुने छ भन्नुभयो ।

बढ्दै छ संस्थागत सुत्केरी हुनेको दर

स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गर्ने र सुत्केरी हुने सङ्ख्या बढेको स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क छ । स्वास्थ्यकर्मीकै घरभेट कार्यक्रम, स्वास्थ्य संस्थामा सुत्केरी हुँदा पाउने प्रोत्साहन भत्तालगायतले सो प्रगति भएको कार्यालयका प्रम्ुख सुरज गुरौले जानकारीदिनुभयो । अघिल्लो वर्षदेखि सुत्केरीपश्चात् स्वास्थ्यकर्मीद्वारा नै घरभेट कार्यक्रमसमेत सञ्चालन भए पनि उनीहरुको स्वास्थ्यमा पनि सुधार भएको देखिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य संस्थामै गर्भ जाँच गर्ने आर्थिक वर्ष ०७६÷०७७ मा ११ प्रतिशत रहेकोमा गत आवमा १८ प्रतिशत पुगेको प्रमुख गुरौले जानकारी दिनुभयो । “आमा सुरक्षा कार्यक्रममा नियमित गर्भ जाँच र संस्थागत सुत्केरी दर अघिल्ला वर्षमा जस्तै रहेको छ”, गुरौले भन्नुभयो, “यस वर्ष सुत्केरीपश्चात् जाँच गर्नेको सङ्ख्या वृद्धि भएको छ ।”

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना भएकोले यो तथ्याङ्क बढाउन सहयोग गरेको हो । त्यस्तै कतिपय स्थानमा एउटै वडामा पनि दुई स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सुत्केरी सेवा र गर्भ जाँच सेवा दिन थालिएपछि महिला स्वास्थ्यको सङ्ख्या उल्लेख्य बढेको पाइएको हो । अति दुर्गम मानिने तमानखोलाको नर्जाखानी, लामेला र खुंगाको धिरीसमेतमा एकाइ स्थापना भएका छन् ।

जिल्लाभरि नै घरमै पुगेर सुत्केरीलाई भेट्ने र जाँच गर्ने कार्यक्रमसमेत लागू भएको छ । सरकारी कार्यक्रमबाहेक गैरसरकारी संस्थाले पनि सुरक्षित सुत्केरीको क्षेत्रमा काम गरिरहेका छन् । त्यसले पनि यसमा उल्लेखनीय प्रगति भएको हो । यसले आमा सुरक्षा कार्यक्रम थप प्रभावकारी भएको उनले बताए । परिवार नियोजनका साधन प्रयोग गर्नेको सङ्ख्या पनि एक प्रतिशतले वृद्धि भएको कार्यालयको तथ्याङ्क छ ।

जिल्लामा क्षयरोगका बिरामी पत्ता लगाउने दर पनि वृद्धि भएको छ । अघिल्लो वर्ष १४६ क्षयरोगका बिरामी पत्ता लागेकोमा यस वर्ष १४९ पत्ता लगाएको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । जिल्लामा कूल पत्ता लगाएका क्षयरोगका बिरामीमध्ये १.४६ प्रतिशतको क्षयरोगका कारण मृत्यु भएको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...