पोखरामा कुकुर दर्ता तथा पालन अनुमति पत्र वितरण सुरु

सार्वजनीक स्थानमा दिसापिसाव गराए ५ देखि १५ हजार जरिवाना

पोखरा, असोज ७ गते । पोखरा महानगरपालिकाले कुकुरलाई पाल्ने तर सडकमा छाडा छोडने ब्यक्तिलाई ५ देखि १५ हजारसम्म जरिवाना तिराउने भएको छ । नेपालमै पहिलो पटक पोखरा महानगरपालिकाबाट कुकुर दर्ता तथा पालन अनुमति पत्र वितरण सुरु गरेको छ । महानगरपालिका वडा नम्वर ८ ले बाट दर्ता र पालन अनुमति पत्र वितरणको शुभारम्भ गरेको छ ।

पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ र महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बिहिकार एक कार्यक्रमका बीच सुभारम्भ गर्नुभयो । वडामा कुकुर दर्ता भएका कुकुरलाई सार्वजनीक ठाँउमा छाडन पाइने छैन भने दिसापिसाव गराए जरिवाना लगाइने वडा अध्यक्ष रुदनाथ बरालले बताउनुभयो । ‘वडाले दर्ता प्रमाणपत्रसंगै कुकुरलाई टयाग लगाउछ । ट्याग लगाएको कुकुर कस्को हो भन्ने जानकारी हुने र त्यस आधारमा मालिकलाई कारबाही हुन्छ ।’ महानगरको वडा र पशु सेवा शाखाको आयोजनामा पहिलो पटक नेपालमै यस्तो कार्यक्रमको सुरुवात भएको दावी वडा अध्यक्ष बरालले गर्नुभयो । ‘यो कार्यक्रमलाई कडाईका साथ कार्यान्वयन गछौँ । कुकुरको दिसापिसावले मानव स्वास्थ्यमा प्रभाव पार्छ ।’

कार्यक्रमको शुभारम्भ गदै उपप्रमुख मञ्जुदेवी गुरुङले सुन्दा र हेर्दा यो कार्यक्रम सामान्य लागेपनि महत्वपूर्ण रहेको बताउनुभयो । यो मानवको स्वास्थ्य र सुरक्षासंग सम्वन्धित रहेको बताउदै भन्नुभयो,‘सभ्य नागरिक भएको सहरको परिचय यसले दिने छ । सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।’ उहाँलले कुकुरलाई खुल्ला स्थानमा दिसापिसाव गराउन नपाइने बताउदै जनावरको पनि अधिकार हुन्छ । यसलाई परिवारकै सदस्यका रुपमा पाल्ने भएकाले व्यवस्थित रुपमा पाल्न आग्रह गर्नुभयो । उहाँले कुकुरलाई नियमित रुपमा रेविज विद्धको खोप लगाउनुपर्नेमा जोड दिनुभयो । ‘रेविज कुकुरबाट सर्ने भएकाले यसलाई नियमित रेविज विरुद्धको खोप लगाउने र व्यवस्थित रुपमा पालन गर्नुपर्छ ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले यो कार्यक्रम राम्रो रहेको बताउदै यसले सडक फोहोर अन्त्य गर्ने र वातावरण सफा हुने बताउनुभयो । दर्ता गरेर कुकुरलाई व्यवस्थित रुप्मा पाल्दा विवरण अद्यावधिक गर्दा पशु सेवा शाखाले ताकेता गर्ने र रेविज विरुद्धको खोप लगाउन सहज हुने बताउनुभयो । उहाँले यो कार्यक्रम हेर्दा सामान्य भएपनि सकरात्मक रहेको बताउनुभयो ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रमुख केदारराज पाण्डेले रेविजतका कारण नेपालमा हरेक वर्ष २ सय जनाको मृत्यु हुने गरेको बताउदै यसको लक्ष्यण देखिपछि बचाउन नसकिने बताउनुभयो ।रेविज विरुद्धको खोप निशुल्क रहेको बताउदै फयाउरो र स्यालबाट कुकुरमा रेविज सर्ने बताउदै छाडा कुकुरको कारण घरपालुवा कुकुरमा सर्ने भएकाले रेविज विरुद्धको खोप वर्षमा एक पटक लगाउन आग्रह गर्नुभयो । कार्यक्रममा कुकुरलाई निशुल्क रेविज विरुद्धको खोप लगाउने अभियानको समेत शुभारम्भ गरिएको छ । एकसाता पोखरा महानगरभित्र रहेका छाडा कुकुरलाई रेविज विरुद्धको खोप लगाइने महानगगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...