बाठो बन्दा फसे जनार्दन शर्मा, अर्थमन्त्रीबाटै बर्खास्त गर्ने तयारी !

एकलौटी कार्यशैलीबाट प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुष्ट

मन्त्रीमा नियुक्त भएपछि शुरुवातमा राम्रै काम गरेका अर्थमन्त्री जनार्दन शर्मा पछिल्लो समय एकपछि अर्को विवादमा पर्दै गएका छन् ।

आफन्तलाई विश्व बैंकका आकर्षक पदमा नियुक्ति, बजेटबाटै केही व्यापारी पोस्ने योजना पछि अहिले आम चेलिबेटीको स्वास्थ्यसँग जोडिएको वस्तुमासमेत कर लिएर सरकारलाई जबर्जस्त विवादमा तान्ने काम गरेका छन् ।

अर्थमन्त्री शर्माको एकलौटी कार्यशैलीबाट प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुष्ट बनेका छन् । खासगरी आफूलाई थाहै नदिइ बजेट निजी लगानीको स्रोत खुलाउन नपर्ने, अझ अहिले बाहिर आएको सेनेटरी प्याडमा समेत कर लिने र मूल्य बढ्नेगरी बजेटमा राखेपछि प्रधानमन्त्री असन्तुष्ट बनेका हुन् ।

जनार्दनका कारण एक पछि अर्को गर्दै सरकारमा विवादमा पर्दै गएको र आम जनतामा नकारात्मक धारणा बनाउने काम गरिरहेको भन्दै जनार्दनको विकल्प खोज्नेबारे प्रधानमन्त्री देउवाले परामर्श थालेका छन् ।

यसबारे उनले प्रचण्डसँग पनि गुनासो गरेको र सच्चिनका लागि भन्न भनेको बालुवाटार स्रोतबाट बुझिएको छ । नभए हटाएर नयाँ ल्याउनुपर्ने धारणा देउवाले राखेका थिए । यसमा प्रचण्डले आफूले सम्झाउने वचन दिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

महिलाहरुको स्वास्थ्यसँग जोडिएको सेनेटरी प्याडमा समेत कर लिएपछि अहिले चौतर्फी विरोध भइरहेको छ । युवती तथा महिलाहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न थालेका छन् । सामाजिक सञ्जालमा समेत चर्को विरोध भइरहेको छ ।

ुस्यानिटरी प्याड विलासिताको बस्तु हैन । अत्यावस्यक बस्तु हो । यसलाई करमुक्त गरेर आर्थिक भार कम गरौं । सबैको कमाइ र आर्थिक स्रोत तपाइँको जस्तै छैन ।

जनार्दन शर्मा र अर्थ मन्त्रालयका हाकिम ज्यु, कर लगाउने कुराहरू धेरै छन बजारमा,ु महेश क्षेत्रीले भनेका छन् । जनार्दन शर्मा कम्युनिस्ट नेता हुन् । उनको पार्टीले सर्वहारा वैज्ञानिक समाजवादको कुरा गर्छ । जहाँ स्वास्थ्य शिक्षालाई निशुल्क मानिन्छ ।

तर आफ्नै आदर्श विपरीत कम्युनिस्ट पार्टीकै अर्थमन्त्री शर्मा महिला स्वास्थ्यसँग संवेदनशील र अतिआवश्यक सेनेटरी प्याडमा कर थोपरेर मूल्य बढाउने र प्याड नै प्रयोग गर्न नसकिने अवस्था बनाउँदैछन् ।

कम्युनिस्ट विचारधारा अनुसार यसलाई निशुल्क बनाउनुपर्नेमा बढाउनेतिर लागेका छन् । त्यहीँ भएर पनि विरोध भइरहेको छ । उनको विरोध भयो भयो । पुरै सरकारकै छवि खराब हुने स्थिति बनेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...