गण्डकीमा ६ लाख ९ हजारले लगाए कोरोना विरुद्ध पूर्ण खोप

पोखरा, असोज  । गण्डकी प्रदेशमा ६ लाख ९ हजार २३ जनाले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पुरा जोड लगाउने ६ लाख ९ हजार २३ जना र पहिलो डोज लगाउनेको संख्या ६ लाख ९४ हजार ४ सय ७२ जना रहेको छ ।

गण्डकीमा पहिलो मात्रा लागउनेको प्रतिशत ४७ र दोश्रो मात्रा लगाउनको ४१ प्रतिशत रहेको निर्देशनालयले जनाएको छ । गण्डकीमा १८ वर्षमाथिको जनसंख्या १४ लाख ८० हजार १०८ रहेको छ । गण्डकी प्रदेशका राजधानी समेत रहेको कास्कीमा १ लाख ७५ हजार ७ सय १८ जनाले पूर्णखोप लगाएका छन् भने १ लाख ६४ हजार ४ सय ३२ जनाले पहिलो डोज खोप लगाएका छन् । कास्कीमा दोश्रो डोज लगाउनेको प्रतिशत ५४ र पहिलो मात्रा लगाउनको ५१ रहेको छ ।कास्कीमा १८ वर्षमाथिको जनसंख्या ३ लाख २४ हजार ५ सय ९३ रहेको छ ।

 

मनाङमा पुरा डोज खोप गाउनेको संख्या ४ हजार ४ सय ७९ रहेको छ भने पहिलो डोज लगाउनेको संख्या ५ हजार ८८ रहेको छ । पहिलो मात्रा लगाउनको प्रतिशत १०३ र दोश्रो मात्रा लगानेको ९० प्रतिशत रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । त्यहाँ १८वर्षमाथिको जनसंख्या ४ हजार ९ सय ५६ रहेको छ । त्यस्तै मुस्ताङमा सबैले पुरा डोज खोप लगाइ सकेका छन् । त्यहाँ ६ हजार ३ सय ९ जना १८ वर्षमाथिको जनसंख्या रहेको र सबैले खोप लगाइसकेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

 

यता गोरखामा पुरा डोज खोप लगाउनेको संख्या ५ हजार ५ सय ५२ रहेको छ भने पहिलो डोज लगाउनेको संख्या ६४ हजार ८ सय २५ रहेको छ । त्यहाँ १८ वर्षमाथिको जनसंख्या १ लाख ६६ हजार ३ सय ३३ रहेको छ । म्याग्दीमा २१ हजार २ सय ५७ जनाले पुरा डोज लगाएका छन भने २७ हजार ९ सय ४९ जनाले पहिलो डोज खोप लगाएका छन् । म्याग्दीमा ६८ हजार ९ जना १८ वर्षमाथिको जनसंख्या रहेको छ । तनहुँमा पुरा डोज खोप लगाउनेको संख्या ६४ हजार ९ सय ८० रहेको छ भने ८५ हजार ८ सय १७ जनाले पहिलो डोज खोप लगाएका छन् । तनहुँमा १८ वर्षमाथिको जनसंख्या १ लाख ९६ हजार ८ सय ७८ रहेको छ । नवलपरासीमा ६६ हजार ६ सय २३ जनाले पुरा डोज खोप लगाएका छन भने ९३ हजार १ सय ८५ जनाले पहिलो डोज खोप लगाएका छन् ।

 

नवलपरासीमा १८ वर्षमाथिको जनसंख्या १ लाख ९७ हजार ४ सय ७५रहेको छ । स्याङजामा ६९ हजार ५ सय ८जनाले पुरा डोज र ८६ हजार ६ सय १४ जनाले पहिलो डोज खोप लगाएका छन् । स्याङजामा १ लाख ७८ हजार ४ सय ८० १८ वर्षमाथिको जनसंख्या रहेको छ । पर्वतमा ३६ हजार ९ सय ९३ जनाले पुरा डोज र ४० हजार १ सय ५६ जनाले पहिलो डोज खोप लगाएका छन् । पर्वतमा १८ वर्षमाथिको जनसंख्या ८९ हजार ३ सय १६ रहेको छ । बागलुङमा ४९ हजार २ सय १९ ले पुरा डोज र ६१ ह्जार २ सय ४७ ले पहिलो डोज खोप लगाएको स्वास्थ्य निर्देशनालय गण्डकीे जनाएको छ । बागलुङमा १८ वर्षमाथिको जनसंख्या १ लाख ५६ हजार ९ सय ६० रहेको छ ।

 

यता पोखरा महानगरपालिकाले असोज ८ देखि ११ गतेसम्म कोरोना विरुद्धको भेरोसेल खोप अभियान सञ्चालन हुने भएको छ । महानगरपालिकाले ४५ देखि ५२ वर्षसम्मलाई खोप लगाउने भएको हो ।पोखरा महानगरले बुधबार सुचना जारी गदै महानगरभित्रका ४९ खोप केन्द्रको तालिका सहित सहित खोप लगाउने जानकारी गराएको छ । महानगरका सहरी स्वास्थ्य केन्द्र, वडा कार्यालय, स्वास्थ्य चौकी, मन्दिर, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सार्वजनिक स्थलमा केन्द्र तोकिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिनुभयो ।

 

सरकारले चीनबाट ल्याएका ४४ लाख खोपमध्ये गण्डकीलाई १ लाख ६० हजार डोज उपलब्ध गराएको छ । यसमध्ये कास्कीमा ५७ हजार डोज आएको छ । पोखरा महानगरपालिका र गाउँपालिकालाई उक्त खोप उपलब्ध गराइएको छ । महानगरपालिकामा ४५ वर्षमाथिका २९ हजार ९ सय २४ नागरिक रहेको स्वास्थ्य महाशाखाका हरिलाल आचार्यले जनाकारी दिनुभयो । महानगपालिकाले ८ देखि ११ गतेसम्म खोप लगाउने तालिका सार्वजनीक गरेको छ ।

 

आचार्यका अनुसार महानगरले अहिलेसम्म अत्यावश्यक सेवाका, ५२ वर्षमाथिका व्यक्तिलाई २ लाख ७४ हजार डोज खोप लगाइसकेको छ । यसमध्ये १ लाख ३५ हजार ९ सय १ जनाले पूर्ण खोप पाएका छन् । अहिले कलेजका विद्यार्थीलाई खोप अभियान सञ्चालन भइरहेको छ । सरकारले परीक्षा सञ्चालन गर्नुपूर्व खोप लगाउने निर्णय गरेको थियो । यसै अनुसार देशभरिका विभिन्न कलेजसहित पोखराका कलेजमा पनि अभियान जारी रहेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...