आफताव आलमको रिट निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं, असोज ८ गते । मोहम्मद आफताव आलमले दायर गर्नुभएको रिट निवेदन शुक्रबार ‘हेर्न नमिल्ने’मा राखिएको छ । सर्वोच्च अदालतलका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएको थियो । न्यायाधीशद्वय सिन्हा र चुडालको संयुक्त इजलासले सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर गरेको हो ।


तल्लो अदालतले आलमलाई थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने गरी गरेको फैसलाविरुद्ध आलमले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो । विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ पर्नुभएको आलमलाई तल्लो अदालतले थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने आदेश दिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...