अधिकार र दायित्व बारे आफै सचेत  हुनुपर्छ :गण्डकी प्रदेश प्रमुख गुरुङ्ग

पोखरा, असोज ८ गते । गण्डकी प्रदेश प्रमुख  पृथ्वीमान गुरुङ्गले राज्यबाट आफुले प्राप्त गर्ने अधिकार र दायित्वको बारेमा स्वयं आफै सचेत र चेतनशिल हुनुपर्नेमा जोड दिनु भएको छ ।

बौद्ध अर्घाै सदन रामघाट पोखरा को ४४ औ वार्षीक साधारण सभाको शुक्रबार पोखरामा उदघाटन गर्दै प्रदेश प्रमुख गुरुङ्गले सो कुरा बताउनु भएको हो । उहाँले हक अधिकार एकै चोटी मागेर पुरा हुने विषय नभएको भन्दै प्रमुख गुरुङ्गले समयको मागसंगै बढदै जाने बताउनु भयो । उहाँले विभिन्न समुदायका व्यक्तीहरु आफै अधिकारका बारेमा सचेत हुन जरुरी रहेको समेत उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख गुरुङ्गले बौद्ध अर्घाै सदनले भावी पुस्तालाई प्रेरणा दिने कार्य गर्नुपर्ने बताउदै उहाँले राज्यका विभीन्न क्षेत्रहरुमा आफ्नो पहिचान कायम गर्नको लागी आफ्नो कार्यहरुलाइ अझै उत्कृष्ट बनाउँदै  लानु पर्नेमा जोड दिनु भयो । उहाँले बौद्ध अर्घाै सदनले आफनो समाजका अलावा अरु समाजहरुलाई पनि सहयोग गरेको जानकारी पाउँदा खुशी लागेको समेत बताउनु भयो ।

प्रदेश प्रमुख गुरुङ्गले दलिय संगठन भित्र बसेर त्यो दलभित्र आफ्नो समुदायको बाहुल्यता कायम गर्नेतर्पm सबै सचेत भएर लाग्नुपर्ने समेत बताउनु भयो  । उहाँले राजनितीकरुपमा उच्च चेतनाको हुन नसक्ने हो भने राजनितीक सामाजिक र सरकारी पदहरुमा आफनो बाहुल्यता कायम गर्न नसकिने हुँदा पछाडी परेका समुदायहरु झनै यसमा सचेत हुनु पर्ने बताउनु भयो ।

बौद्ध अर्घाै सदन रामघाट पोखराका अध्यक्ष भुवन सिंह गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मोतिप्रसाद गुरुङ्गले संस्थाको बार्षीक प्रतिवेदन र कोषाध्यक्ष बिलबहादुर गुरुङ्गले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा तमुधी नेपालका अध्यक्ष हुम बहादुर गुरुङ्गले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सदनका सदस्य पञ्च कुमारी गुरुङ्गले स्वागत मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...