कास्कीमा १ लाख ७५ हजारले लगाए कोरोना विरुद्धको पूर्णखोप

पोखरा, असोज ९ गते ।गण्डकी प्रदेशका राजधानी समेत रहेको कास्कीमा १ लाख ७५ हजार ७ सय १८ जनाले पूर्णखोप लगाएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनसार १ लाख ६४ हजार ४ सय ३२ जनाले पहिलो डोज खोप लगाएका छन् ।

कास्कीमा दोश्रो डोज लगाउनेको प्रतिशत ५४ र पहिलो मात्रा लगाउनको ५१ रहेको छ ।कास्कीमा १८ वर्षमाथिको जनसंख्या ३ लाख २४ हजार ५ सय ९३ रहेको छ ।

यता पोखरा महानगरपालिकाले असोज ८ देखि ११ गतेसम्म कोरोना विरुद्धको भेरोसेल खोप अभियान सञ्चालन हुने भएको छ । महानगरपालिकाले ४५ देखि ५२ वर्षसम्मलाई खोप लगाउने भएको हो ।पोखरा महानगरले बुधबार सुचना जारी गदै महानगरभित्रका ४९ खोप केन्द्रको तालिका सहित सहित खोप लगाउने जानकारी गराएको छ । महानगरका सहरी स्वास्थ्य केन्द्र, वडा कार्यालय, स्वास्थ्य चौकी, मन्दिर, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सार्वजनिक स्थलमा केन्द्र तोकिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिनुभयो ।

 

सरकारले चीनबाट ल्याएका ४४ लाख खोपमध्ये गण्डकीलाई १ लाख ६० हजार डोज उपलब्ध गराएको छ । यसमध्ये कास्कीमा ५७ हजार डोज आएको छ । पोखरा महानगरपालिका र गाउँपालिकालाई उक्त खोप उपलब्ध गराइएको छ । महानगरपालिकामा ४५ वर्षमाथिका २९ हजार ९ सय २४ नागरिक रहेको स्वास्थ्य महाशाखाका हरिलाल आचार्यले जनाकारी दिनुभयो । महानगपालिकाले ८ देखि ११ गतेसम्म खोप लगाउने तालिका सार्वजनीक गरेको छ ।

 

आचार्यका अनुसार महानगरले अहिलेसम्म अत्यावश्यक सेवाका, ५२ वर्षमाथिका व्यक्तिलाई २ लाख ७४ हजार डोज खोप लगाइसकेको छ । यसमध्ये १ लाख ३५ हजार ९ सय १ जनाले पूर्ण खोप पाएका छन् । अहिले कलेजका विद्यार्थीलाई खोप अभियान सञ्चालन भइरहेको छ । सरकारले परीक्षा सञ्चालन गर्नुपूर्व खोप लगाउने निर्णय गरेको थियो । यसै अनुसार देशभरिका विभिन्न कलेजसहित पोखराका कलेजमा पनि अभियान जारी रहेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...