अनेमसंघ पोखरा ३१ को अध्यक्षमा कालिका

पोखरा, असोज ९ गते । अखिल नेपाल महिला संघ पोखरा महानगरपालिका वडा नम्वर ३१ को प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कालिका घिमिरेको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिले पाँच जना सदस्यपछि मनोनित गर्ने भएको छ । सम्मेलनले उपाध्यक्षमा भगवती घिमिरे, सचिवमा भगवती अर्याल, सहसचिव सगीता अधिकारी, कोषाध्यक्ष मेनुका बास्तोला चयन हुुनुभएको छ ।


सदस्यहरुमा सुस्मिता लोहार, कमला अधिकारी, हेमकुमारी थापा, मिना लामा, शर्मिला सुनार, दुर्गा दाहाल, पार्वती नेपाली, निशा विक, इन्द्रिरा अधिकारी, दुर्गादेवी अधिकारी र मिना गुरुङ चयन हुनुभएको छ । यसअघि अधिवेशनको उद्घाटन गदै अखिल नेपाल महिला संघ केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी प्रदेश सहसंयोजक तारामाया थापा मगरले महिलाहरु आरक्षणमा हैन खुल्ला प्रतिस्पर्धामा जानुपर्नेमा जोड दिनुभयो । उहाँले अव हुने स्थानीय निर्वाचनमा उपप्रमुख हैन प्रमुखको जिम्मेवारीका लागि पार्टीभित्र आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।


अखिल नेपाल महिला संघलाई यहाँ सम्म ल्याउन सहाना प्रधान लगायत थुप्रैको महत्वपूर्ण योगदान रहेको बताउदै महिलाहरुको आफनो पहिचान नभएको अवस्थामा विभिन्न आन्दोलनका कारण धेरै उपलब्धि प्राप्त भएको बताउनुभयो । अहिलेका संविधानमा महिलाका हकअधिकार स्थापित गर्न वर्तमान राष्टपति विद्यादेवी भण्डारीले भुमिका खेलेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख शावित्री भण्डारी, पोखरा ३१ वडा अध्यक्ष कमलबहादुर थापा, एमाले निर्वाचन आयोग कास्कीका अध्यक्ष टिकाराम पगेनी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम धनदेवी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सावित्री ढकाल तिवारी र स्वागत निर्मला ढकालले गर्नुभएको थियो । नवनिर्वािचत कमिटिलाई कार्यक्रमका प्रमुख अतिथि एवं अनेसंघ केन्द्र्रीय सचिवालय सदस्य तारामाया थापा मगरले सपथ खुवाउनु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...