पोखरामा मिनि सडक महोत्सव हुने, पाहुनालाई सेवा दिन तयार छौँ

पोखरा,असोज १० गते । कोरोना भाइरस संक्रमणले थला परेको पर्यटन व्यवसायलाई चलाएमा बनाउन व्यवसायी जुटेका छन् । कोरोनाका कारण १८ महिना ठप्प पर्यटनले धेरै क्षती ब्यहोरेको छ ।नेपालकै प्रमुख पर्यटक सहर पोखराका पर्यटकीय गतिविधिहरु प्रभावित भए भने व्यवसायी र मजदुरहरु पलाएन भएका छन् ।

कोरोना संक्रमण दर र मृत्यु दर घटेसंगै निषेधाज्ञा हटेको छ । असोज १ गतेबाट निषेधाज्ञा हटाउदै सवै क्षेत्र खुल्ला गरेपछि पोखरामा पर्यटकीय गतिविधिले विस्तारै गति लिन थालेको छ । पोखराका पर्यटन व्यवसायीले पोखरा खुल्यो भन्ने सन्देश दिन एक दिने सडक महोत्सवको आयोजना गर्ने भएका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन(रेवान)पोखराले विश्व पर्यटन दिवसमा मिनि सडक महोत्सव २०७८ आयोजन गर्न लागेको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

असोज ११ गते महोत्सव आयोजना गरेको हुने महोत्सवको सबै तयारी पूरा भएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिनुभयो । पोखरा खुलै छ र यहाँका व्यवसायीहरु पाहुनालाई सेवा दिन तयार छन भन्ने सन्देश दिन महोत्सव आयोजना गरिएको रेवानका अध्यक्ष बरालले बताउनुभयो ।

महोत्सव साँझ ५ बजेदेखि राति १० बजेसम्म लेकसाइडस्थित बाराहीचोकदेखि खहरेचोकसम्म करिब डेढ किमिको दूरीमा महोत्सव सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार प्रस्तुत प्रस्तुत गरिनेछ । महोत्सवमा पोखराको चर्चित सांगितिक समुहत लक्ष्य व्याण्ड, हिमाली सांस्कृतिक समुहको साथमा नेवार समुदायको लाखेनाच, पञ्चेबाजा, थारु समुदायको प्रचलित थारु भ्mाम्रा डान्स, गन्दर्भ समदायको सारंगी वाजन जस्ता सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने अध्यक्ष बरालले जानकारी दिनुभयो ।

पर्यटन दिवस मनाउन विभिन्न देशका राजदूतहरु र कुटनीतिक नियोगका उच्च पदस्थ कर्मचारीहरु समेत पोखरा आउने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भटराई बताउनुभयो । अहिलेसम्म विभिन्न देशका राजदुत र कुटनीतिक नियोगका उच्च पदस्थ कर्मचारीहरु पोखरा आउने कार्यक्रम तय भएको छ उहाँले भन्नुभयो, ‘पोखरा खुल्यो भन्ने सकरात्मक सन्देश प्रवाह गर्न राजदुत र कुटनीतिक नियोगका कर्मचारीहरुलाई यहाँ ल्याउने प्रयास गरेका छौ । त्यसको समन्वय पराष्ट मन्त्रालयले गरिरहको छ ।’ उहाँले पोखरामा पछिल्लो केहीदिन यता आन्तरिक पर्यटकको चहलपहल बढेको बताउदै करिव २० प्रतिशत चहलपहल बढेको बताउनुभयो ।

 

दशै तिहारमा आन्तरीक पर्यटकको आवागमन बढने छ उहाँले भन्नुभयो, ‘हामी अव आन्तरीक पर्यटन प्रवद्र्धनमै ध्यान केन्द्रीत गर्नुपर्छ । यसले नेपालको पर्यटन क्षेत्रलाई सकरात्मक प्रभाव पर्छ ।’ सरकारले कर्मचारीका लागि ल्याएको भ्रमण प्याकेज कार्यान्वयन गर्नुपर्ने बतादै अव सिजन सुरु भएको छ ।सबै क्षेत्रलाई समेटेर जानुपर्छ र आन्तरीक पर्यटनमा जोड दिनुपर्छ भन्नुभयो ।पर्यटन बोर्डका पोखराका प्रवन्धक नवीन पोखरेलले कोरोना महामारीले शिथिल बनेको पोखराको पर्यटनलाई महोत्सवले जागृत गराउने बताउनुभयो । उहाँले महोत्सवबाट विश्व बजारमा एउटा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।उहाँले महोत्सवमा नेपाली खानाका परिकाहरु बेच्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...