मत्स्य अनुसन्धान केन्द्र वेगनासले बाह्य अनुसन्धान स्थल स्याङ्जा रोज्यो 

पोखरा,  असोज ।मत्स्य अनुसन्धान केन्द्र बेगनासले बाह्य अनुसन्धान स्थलको रुपमा  पुतलीबजार नगरपालिका वडानं ७ अर्बोकुनालाई छनोट गरेको छ ।अनुसन्धान केन्द्रले एक कार्यक्रमको आयोजना गरेर सेन कृषि फार्ममा दुई पोखरीमा १५ सय माछाका भूरा छोडिएको हो । मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख  डाक्टर मोहमद एक्वाल हुसेन ,पुतलीबजार नगरपालिका उप–प्रमुख महेश पुरी,कृषि अनुसन्धान केन्द्र लुम्लेका कृषि वैज्ञानिक डाक्टर काशिनाथ चिलवाल लगायतले पोखरीमा माछाका भुरा छोड्नु भएको थियो ।


मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख  डाक्टर मोहमद एक्वाल हुसेनले केन्द्रले अनुसन्धान गरेर सफल भएका प्रविधि किसानको पोखरीमा लैजाने र किसानलाई प्रविधि सिकाउदै उत्पादन बढाउने बताउनु भयो । गण्डकी प्रदेशमा माछाको माग राम्रो भएपनि भुरा उत्पादन एक मात्र ठाउँमा हुने र किसानले माछा उत्पादन पनि धेरै गर्न नसकेको बताउनु भयो । मत्स्य विज्ञले दिएको निर्देशन अनुसार न्यूनत मूल्यको दाना खुवाएर लागत मुल्य घटाउदै आम्दानी बढि लिन सक्ने बनाउने जनाउनुभयो ।

पुतलीबजार नगरपालिकाका उप–प्रमुख महेश पुरीले विज्ञहरुको ज्ञानसिप किसानहरुलाई हस्तान्त्रण गर्न सके किसानले मनग्य आम्दानी लिन सक्ने बताउनु भयो । नगरपालिकाकाले आधिंखोलामा समेत माछाको भुरा छाड्ने गरेको तर खोलाको माछामा जोगाउन मुस्किल भएको बताउनु भयो । नगरपालिकाले घर घरमा कृषिमा रोजगार दिदै आत्मनिर्भर बनाउन प्रयास गरिरहेको बताउनु भयो ।

कृषि अनुसन्धान केन्द्र लुम्लेका कृषि वैज्ञानिक डाक्टर काशिनाथ चिलवालले अनुसन्धानबाट प्रमाणित भएका प्रविधिलाई किसानकै सहभागितामा बाह्य अनुसन्धान स्थलमा परिक्षण गर्न शुरु गरिएको बताउनु भयो । कार्यक्रममा वडानं ७ का जनप्रतिनिधि रविविक्रम केसी,भेटनरी अस्पताल पशु विज्ञकेन्द्र स्याङ्जाका गोपाल गिरी,बाडखोला मत्स्य पालन समुहका सचिव नेत्रबहादुर सेन लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...