लायन्स क्लव अफ पोखरा ब्लु स्काईले ‘अन्तर लायन्स फुटसल प्रतियोगिता’ गर्ने

लायन्स क्लव अफ पोखरा ब्लु स्काईले अन्तरलायन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी असोज १६ गते हुने उक्त प्रतियोगितामा सहभागिताका लागि फारम खुल्ला गरिएको कार्यक्रम संयोजक डेभिड देवकोटाले जानकारी दिए ।

प्रतियोगितामा विजयी टिमले १८ हजार रुपैयाँ र फर्स्ट रनरअपले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितमा टिम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको देवकोटाले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...