लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सुरतालको बधाई

पोखरा, असोज १२ गते । सुरताल इभेन्ट एन्ड मल्टीमिडिया प्रा.लिले लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेको छ । संघको १३ औं अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाई स्वागत गरिएको प्रा.लिका निर्देशक प्रशान्त सुनारले बताए ।

सुरतालले अध्यक्ष छत्रधर आत्रय, वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्धितिय उपाध्यक्ष गोपीचन्द्र बास्तोला, महासचिव उपेन्द्र राज सुवेदी ‘राजु’,उपमहासचिव जानुका अधिकारी, कोषाध्यक्ष भरतराज ओझा, सदस्यहरु विक्रम कर्माचार्य, बुद्धी प्रसाद बास्तोला, व्रर्धबाबु भट्टराई, इन्दीरा रोक्का, जीवन तिवारी, पुण्यमणी भण्डारी, भरत थापा, हरि बास्ताकोटी, महिला सदस्य गंगा कुमारी मल्ल, रञ्जना बराल, मेघराज पौडेल, रामबहादुर गुरुङ, नेत्रपाणी बास्तोलालाई स्वागत गरेको हो ।

स्वागत तथा बधाई कार्यक्रममा बोल्दै लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रयले समाजमा सांस्कृतिक उत्थानका लागि सुरतालले राम्रो काम गरिरहेको बताए । भावी दिनमा सुरतालसँगै मिलेर उद्योग बाणिज्य संघले पनि सहकार्य गर्ने प्रतिबद्धता उनको थियो । आत्रयले गण्डकी प्रदेश सांस्कृतिक सांगीतिक क्षेत्रको राजधानी भएकाले सोको संरक्षणमा मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

सुरतालका निर्देशक प्रशान्त सुनारले लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले लामो समय देखि मेला महोत्सव लगायत अन्य सांगीतिक सांस्कृतिक कार्यक्रम गर्दै आएको सुरताल इभेन्ट एन्ड मल्टीमिडिया प्रा.लिले कोभिडकालिन समयमै सुरताल क्याफे एण्ड रेस्टुरेण्ट संचालनमा ल्याएको जानकारी गराए । उनले गण्डकी प्रदेशको सांस्कृतिक र सांगीतिक संरक्षणका लागि नै आफुले लगानी गरेको बताए । सुरताल सांस्कृतिक संघको समेत स्थापना गरिएको छ ।

‘विगत देखि नै सुरतालले देशका विभिन्न ठाउँमा मेलामहोत्सवको आयोजना गर्दै आएको छ । हाम्रो उद्देश्य सांस्कृतिक र सांगीतिक क्षेत्रको उत्थान गर्नु हो । यो क्रम आगामी दिनमा समेत जारी रहनेछ । कोभिड महामारीकै समय सुरताल कम्पनीले पोखरा ३ नदिपुरमा क्याफे र रेष्टुरेन्ट संचालनमा ल्याएको हो ।’, उनले भने । सुरताललाई सांगीतिक घरका रुपमा स्थापित गर्न चाहेको सुनारले बताए । उनले भने,‘हामीले पोखरामा लाइभ दोहोरी रेकर्ड गराई डिजिटल मिडियालाई आत्मसाथ गर्न खोजेको छौं । त्यसका लागि रेष्टुरेन्टमै हलको व्यवस्था गरिएको छ । एउटै छानामुनी सांगीतिक वातावरणका साथ सेवा प्रवाह गर्ने उद्देश्य हो ।’ स्वागत तथा बधाई कार्यक्रमको संचालन लोकदोहोरी गायक शिवहरि ढुंगानाले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...