पदयात्रा मजदुरर्लाई अल्पकालिन रोजगारी,पदमार्ग मर्मत संम्भार तथा सरसफाई

अल्पकालिन रोजगार कार्यक्रम अन्र्तगत २ सय पदयात्रा मजदुरलाई दश दिने रोजगार कार्यक्रम सुरुवात गरिएको छ । टेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको समन्वय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रमको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम अन्र्तगत पदयात्रा मजदुरहरुलाई १० दिनको लागी रोजगार प्रदान गरिएको छ ।


कार्यक्रम अन्र्तगत ड्यामसाइड–स्तुपा–भुम्दी–बाम्दी –पामेसम्मको हाईकिङ पदमार्ग मर्मतसंम्भार तथा सरसफाई कार्यक्रम ४५ जना पदयात्रा मजदुरहरुलाई संलग्न गराई शुभारम्भ गरिएको टानले जनाएको छ ।

त्यस्तै बेगनास क्षेत्रको नगरचोक –बेगनाशताल–लामास्वाँरा–पिप्ले–माझिकुना क्षेत्रमा २५ जना पदयात्रा मजदुरहरुलाईलाई परिचालित गरि सरसफाई कार्यक्रमको उद्घाटन गरिएको टानले जनाएको छ । दुबै कार्यक्रम टान पोखराका अध्यक्ष सुशीलराज पौडेलको अध्यक्षतामा भएको थियो ।

 

टानका अध्यक्ष श्री सुशीलराज पौडेलले कोभिडका कारण बिगत लामो समयबाट ठप्प रहेको पर्यटनलाई चलायामान गर्न पदमार्गहरु सरसफाई गरि आगामी सिजनको लागी पदयात्रा मार्गहरु सुरक्षित रहेको सन्देश दिदै लामो समयसम्म बेरोजगार रहेका श्रमिकहरुलाई दशैको मुखमा रोजगार दिन अल्पकालिन रोजागार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...