ज्येष्ठ नागरिक दिवसमा ७१ जना सम्मानित

ज्येष्ठ नागरिक दिवसमा ७१ जना सम्मानित

पोखरा, असोज ।  ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरामा ७१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । राष्ट्रिय परोपकार महासंघ नेपाल, नागरिक मिलन केन्द्र इकाई समिति वडा १५ को आयोजनामा ज्येष्ठ नागरिकलाई  सम्मान गरिएको हो । सिद्धेश्वर मन्दिर सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई फूलको गुच्छा र न्यानो ज्यकेटद्वारा सम्मान गरिएको  राष्ट्रिय परोपकार महासंघ नेपाल वडा इकाई १५ का कोषाध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिए ।

सो अवसरमा प्रमुख अतिथि ९९ बर्र्षीय बृद्ध बसन्त गिरीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय पारेपकार महासंघ केन्द्रिय  अध्यक्ष एवं  विषेश अतिथि  पण्डित कमलनयन गौतमले आमा बाबा नै इश्वरको रुप रहेको बताए । उनले घरमा रहेका वयोवृद्ध साक्षात देवतातुुल्य रहेको बताउदै उनीहरुको सम्मान र सेवा गरे देवता खोज्न कतै जान नपर्ने बताए ।

 

कार्यक्रममा शुभकामना बोल्दै पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष्य प्रकाश पौडेलले  ज्येष्ठ नागरिकमैत्री वडा बानउन लागिपरेको बताए । उनले ज्येष्ठ नागरिकका कुनैपनि समस्या या गुनासा भएमा वडामा जानकारी गराउन आग्रह गरे । कास्की जिल्ला समन्वय समिति सदस्य तोरण बनियाले वडाले ज्येष्ठ नागरिकको समस्यालाई मधयनजर गर्दै छिट्टै घर घरमै पुगेर बृद्धभत्ता दिने व्यवस्था गर्न पहल गरिरहेको बताए ।

 

संगम बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा रष्टिय परोपकार महासंघ नेपाल वडा इकाई १५ का सल्लाकार क्याप्टेन हरिकृष्ण कुँवरले  ज्येष्ठ नागरिक मिलन केन्द्रको स्थापनाबारे चर्चा गरे । उनले ज्येष्ठ नागरिकलाई मिठो बोली र सम्मान नै सबै भन्दा ठुलो सम्मान र उपहार हुने बताए । अबको पुस्तालाई ज्येष्ठ नागरिकको सम्मान गर्न सबैले प्रेरित गर्नुपर्ने उनले बताए  । कार्यक्रममा कोलपाटन सहकारी संस्थाका अध्यक्ष  राजेन्द्र पराजुली, गलेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ललीत भण्डारी लगायतले धारणा राखे ।

 

राष्ट्रिय पारेपकार महासंघ नेपाल वडा इकाई १५ का अध्यक्ष कृष्णबहादु खत्रीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष केम बहादुर गुरुङ र सचिब ख्याम नारायण पौडेलले पनि बोलेका थिए । कार्यक्रमा ज्येष्ठ नागरिको हितको लागि इकाई समितिलाई समाजसेवी तथा दाताहरुले अर्थिक सहयोग गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...