सहकारीले उत्पादन र उद्यमशीलतामा जोड दिनुपर्छ :अध्यक्ष अधिकारी

घारीपाटन बचत तथा ऋण सहकारी संस्थाको दोश्रो बार्षिक साधारण सभा,

पोखरा, असोज १७ गते ।पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले सहकारीहरुले उत्पादन र उद्यमशीलतामा जोड दिर्नुपर्ने बताउनुभएको छ । घारीपाटन बचत तथा ऋण सहकारी संस्थाको दोश्रो बार्षिक साधारण सभामा बोल्दै उहाँले सहकारी शेयर सदस्यको हित आर्थिक बृद्धि र उपार्जनका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले घारीपाटन सहकारीले छोटो समयमा धेरै प्र्रगति गरेको बताउनुभयो ।


कार्यक्रममा महानगर कार्यपालिका सदस्य एंंव सहकारी सदस्य राधिका शाही योगीले सहकारीले छरिएर रहेको पुजीँलाई एकिकृत गरी बचत गर्ने बानिको विकास गराउदै समस्यामा खर्च गर्ने वातावरण सृृृजना गरेको बताउनुभयो । सहकारीले घर घर र टोलटोलमा पुगेर सेवा प्रदान गदै आएको बताउदै सुख दुःखको सारथी बनेको योगीले बताउनुभयो । महानगर सहकारी संघका अध्यक्ष बलराम गौतमले सहकारी एउटै प्रकृतिका भएपछि मिलेर विशेष्टिकृत संघ बनाई सामुहिक योजना बनाएर उद्यमशिल र उत्पादनमा जानुपर्नेमा जोड दिनुभयो । सफल सहकारीका अध्यक्ष बासु पौडेलले सहकारी वीच पारस्परीक सम्वन्धमा कायम गदै शेयर सदस्यमुखी योजना ल्याउनुपर्नेमा बताउनुभयो ।

कार्यक्रममा सहकारीका सात सिद्धान्त वाचन संस्थाका सदस्य कमला जलारीले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सचिव लिला जिसी(घती)ले गर्नुभएको थियो . कार्यक्रम सञ्चालन सहकारीका सहसचिव विष्णु जिसीले गर्नुभएको थियो ।

साधारण सभामा अध्यक्ष कृष्णकला केसी कुवँरले अध्यक्षको र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष गोविन्दनाथ योगीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट कारोबार सम्मान राम कार्की उत्कृष्ट वचतकर्ता सम्मानबाट सहकारीका शेयर सदस्य बिमला घलेलाई सम्मान गरिएको  थियो ।

 

साधारण सभाले निर्वतमान अध्यक्षले दिएको राजीनामा संचालक समितिको बैठकले स्वीकृत गरी सभामा अनुमोदनका लागि पेश गरिएको थियो । सभाले सर्वसम्मतले अनुमोदन गरेको र उपाध्यक्ष कृष्णकला केसी कुवँरलाई अध्यक्षमा सर्वसम्मत रुपमा साविक साधारण सभाले चयन गरेको र अन्य खाली पदमा निर्वाचन मण्डलले सुचना टाँस गरी उम्मेदवारी माग गरेको थियो । माग गरिएको उपाध्यक्षमा र सदस्य पदमा एक जनाको आवेदन परेको थियो । उपाध्यक्षमा कमला जलारी र सदस्य पदमा पदम ढकालको मात्रै उम्मेदवारी परेपछि निविरोध निर्वाचित भएकोे घोषणा गएिको थियो । निर्वाचन मण्डल संयोजकमा हरी श्रेष्ठले सपथ गराउनुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...