राष्ट्रिय फलफूल तथा तरकारी थोक ब्यवसायी संघ पोखराका नव निर्वाचीत कार्य समितिको पदस्थापन सम्पन्न

राष्ट्रिय फलफूल तथा तरकारी थोक ब्यवसायी संघ पोखरा को अठारौं साधरणसभा तथा नवौं अधिवेशन बाट आगामी ३ बर्षको कार्यकालका लागी संस्था को अध्यक्ष मा बिष्णु हमाल भारी मत का साथ बिजयी (७७ मत) उनका निकटमा प्रतिष्पधी राम प्रसाद लामिछाने (३३ मत) अर्का प्रतिष्पधी सरस्वति श्रेष्ठ (१६ मत) सचिव मा राजेन्द्र गिरी बिजयी (७२ मत) निकटतम प्रतिष्पधी सुजन प्रसाद भुर्तेल छज्ञ मत प्राप्त गरे भने अन्य पदहरू निर्विरोध भएका छन जसमा उपाध्यक्षमा राम प्रसाद कंडेल कोषाध्यक्षमा लाल प्रसाद ढकाल सह(सचिव केशर मणी पुलामी तथा सदस्यहरुमा गोविन्द गिरी, डम्मर जङ्ग थापा मगर, अम्बिका सापकोटा, भूपेन्द्र सुबेदी, हरी मैनाली र रवि प्रकास गुरूङ निर्वाचित भएका छन् । निर्वाचन संयोजक नवराज दुवाडी सदस्यहरू दुर्गा प्रसाद कंडेल,मनोज ढुङ्गाना र रामकृष्ण दुवाडी रहनुभएको थियो ।

प्रुमुख अथिति गण्डकी प्रदेशका माननिय अर्थमन्त्री राम्जी बराल, बिशेष अतिथीहरुमा चेम्वर अफ कमर्स कास्की अध्यक्ष यमनाथ सापकोटा, पो.उ.बा का बरिष्ठ उपाध्यक्ष पवन प्रजापति हनुभएको उद्धाटन सत्रको अध्यक्षता निर्मल प्रसाद बास्तोलाले गर्नभएको थियो भने र्काक्रमको संचालन संस्थाका सचिव सरस्वती श्रेष्ठ ले गर्नभएको थियो ।

यही असोज १७ गते सम्पन्न भएको निर्वाचनमा नव निर्वाचित कार्यसमितिलाइ असोज १८ गते निर्वाचन संयोजक नवराज दुवाडी द्धारा सफत ग्रहण तथा पदस्थापन कार्यकम सस्थाको कार्यालय कृषी बजार शान्ती बनबाटीकामा सम्पन्न भएको जानकारी संस्थामा नवनिवार्चित सचिव राजेन्द्र गिरीले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...