पोखरा वडा नम्वर ५ को आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरा, असोज २० गते । पोखरा महानगरपालिका वडा नम्वर ५ ले दोश्रो वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यही असोज २२ देखि २४ गतेसम्म वडा नम्वर ५ का ब्याडमिन्टन खेलाडीहरुका वीचमा दशैँ तिहार २०७८ को उपलक्षयमा दोश्रो वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको हो । रवीन्द्र स्मृति बाटिकामा आयोजना हुने प्रतियोगितामा मेन्स डबलमा १५ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । गत वर्ष कोरोना भाइरस महामारीका कारण प्रतियोगिता हुन सकेको थिएन् ।

 

वडा सदस्य उज्वल खत्री संयोजक रहेको प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, दोश्रो १० हजार, तेश्रो ६ हजार र उत्कृष्ट खेलाडीलाई २ हजार सहित प्रमाणपत्र प्रदान गरिने वडा अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । उक्त प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी सूर्यचन्द्र विकास समाजले गर्ने छ । वडा नम्वर ५ भित्र ब्याडमिन्टका ८ वटा खुल्ला कोर्ट रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...