फुटसल लिगको फाइलनमा घरेलु टोली क्यासल

पोखरा, असोज २० गते ।घरेलुटोली स्पोट्र्स क्यासलले राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गर्दा सविन मेमोरियल भने बाहिरीएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा फाइनल प्रवेशका लागि भएको खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई ८–६ को गोल अन्तरले हराउँदै जित हात पारको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको सुरुवातमा क्यासले २ गोलको अग्रता लिएपनि जित हातपार्न भने निकै हम्मे हम्मे प¥यो । क्यासललाई फाइनलमा पु¥याउन सुमित श्रेष्ठ (मेस्सी) नायक बन्नुभयो ।

खेलको चौथो मिनेटमा किशोर गुरुङले गोल गर्दै क्यासललाई अग्रता दिलाउनुभयो । छैटौं मिनेटमा विजय गुरुङले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । २ गोलले पछि परेको राइजिङले नवौं मनेटमा हेमन्त थापाको गोलमा खेलमा फर्कने आशा दिलाउनुभयो । १२ औं मिनेटमा मिलन राईले बराबरी गोल गर्नुभयो । १३ औं मिनेटमा सुदिप गुरुङले गोल गर्दै राइजिङलाई अग्रता दिलाउनुभयो । २३ औं मिनेटमा हेमन्तले पनि व्यत्तिलगत दोस्रो गोल गर्दै राइजिङलाई ४–२ को स्थितिमा पु¥याउनुभयो ।

खेलको २८ औं मिनेटमा किशोरले व्यक्तिगत दोस्रो गोल गर्दै क्यासललाई अग्रता घटाउने प्रयास गर्नुभयो । २८ औं मिनेटमा सुमितले पनि व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । ३१ औं मिनेटमा राइजिङका मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीका लागि चौथो गोल गर्नुभयो । ३२ औं मिनेटमा सुदिपले पनि व्यक्तिगत दोस्रो गोलमा टोलीलाई ६–४ को स्थितिमा ल्याउदा दबाबमा परेको क्यासलका लागि ३४ औं मिनेटमा ब्यत्तिगत तेश्रो गोल गदै सुदिपले ह्याटिक गर्नुभयो । उहाँले ४० औं मिनेटमा ह्याट्रिक पुरा गर्दै टोलीलाई खेलमा फर्काउनुभयो । ४० औं मिनेटमा क्यासलका किशोरले पनि ह्याट्रिक पुरा गर्दै खेल बराबरीमा ल्याउनुभयो । यस अघि ३९ औं मिनेटमा सुरज गुरुङले क्यासलका लागि गोल गर्नुभएको थियो ।

क्यासल लिग तालिकाको शिर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । यस्तै राइजिङपनि दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगको थियो ।यस्तै सविन मेमोरियल शंखमुलसंग ३–२ को हार व्यहोर्दै प्लेअफबाट बाहिरीएको छ । अब शंखमुलले फाइनल प्रवेशका लागि द राइजिङ क्लब धरानसंग खेल्ने छ । शंखमुलका जेनिश प्रजापतिले खेलको ११ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । पहिलो हाफ १ गोलको अग्रता लिएको शंखमुलले दोस्रो हाफमा थप २ गोल ग¥यो । क्रिजल खड्काले २४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पार्नुभयो ।सविनका सरोज गुरुङले २७ औं मिनेटमा गोल गर्दै अग्रता घटाउनुभयो । शंखमुलका क्रिजलले ३० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा शंखमुल ३–१ ले अघि रह्यो । खेलको ३५ औं मिनेटमा मनोज गुरुङले गोल गर्दै अग्रता घटाएपनि जितका लागि पयाप्त भएन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...