पोखराका यी क्षेत्रमा भोलि दिनभर विजुली (विद्युत) अवरुद्ध हुने

पोखराका विभिन्न क्षेत्रमा बिहिबार दिँउसो बिद्युत सेवा अवरुद्ध हुने भएको छ । बिद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रले दिएको जानकारी अनुसार सराङ्गकोट फिडर अन्तर्गत सराङ्गकोट, कास्कीकोट, ढिकुरपोखरी, लुम्ले, सल्यान, नयाँपुल, धम्पुस, हुवाडी लगायतका क्षेत्रमा सेवा अवरुद्ध हुन लागेको छ ।

मिति २०७८/०६/२१ गते बिहिबार पूर्वान्ह साढे १० बजेदेखि अपरान्ह ५ बजेसम्म सेवा बिद्युत अवरुद्ध हुन लागेको हो । रुखका हाँगा तथा बाँस काट्ने कार्य गर्नुपर्ने भएकाले बिद्युत सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणको भनाई छ । बिहिबार मौसम अनुकुल नरहेमा सेवा प्रवाहमा केही फेरबदल हुन सक्ने पनि जानकारी दिइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...