दश कि.मि महिला÷ पुरुष दौड प्रतियोगितामा सेनाका राउत र जैसी प्रथम

पोखरा, असोज २१ गते ।पोखरा सम्पन्न दश किलो मिटर महिला÷पुरुष दौड प्रतियोगितामा नेपाली सेनाले बर्चश्व जमाएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगिताको महिला दश किलो मिटर दौडमा प्रथम, द्धितिय र तृतिय स्थान नेपाली सेनाका धावक भएका छन् । ५१ मिनेट ३८ सेकेण्डमा दुरी पार गदै नेपाली सेनाकी समेकली जैसी प्रथम, ५३ मिनेट ११ सेकेण्डमा दुरी पार गदै गोमा पुन द्धितिय र ५५ मिनेट ५३ सेकेण्डमा दुरी पुरा गदै मनसरा कुमाँल तृतिय भइन् । त्यस्तै पुरुष दश किमी दौडमा नेपाली सेनाका नरेन्द्रसिंह राउत प्रथ भए । उनले ३३ मिनेट ७ सेकेण्डमा निर्धारित दुरी पार गरे । ४० मिनेट ५ सेकेण्डमा दुरी पार गदै सेनाकै रामजी बस्नेत दोश्रो हुदाँ सशस्त्र प्रहरीका निरज भटट क्षेत्री ४० मिनेट १५ सेकेण्डमा दुरी पुरा गदै तेश्रो भए ।


प्रतियोगिता अन्र्तगत विद्यालयस्तरीय छात्रा तर्फको प्रतिस्पर्धामा कास्की मोर्डनाइज्डकी यमुना थापाले २५ मिनेट २५ सेकेण्डको पुरा गर्दै प्रथम भईन । राष्ट्रिय माविकी छात्रा संगीता विकले २६ मिनेट २५ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहँदा कास्की मोर्डनाईज्डकी दिलमाया पुलामीले २७ मिनेट १७ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा आईन ।


छात्र तर्फको प्रतिस्पर्धामा भने निकै प्रतिस्पर्धात्मक देखियो । जनप्रिय माविका प्रविन शेर्पाले २६ मिनेटमा ५ किलोमिटर दुरीलाई पुरा गर्दै प्रथम हुदाँ छोरेपाटनका मनोज रोकामगरले २२ मिनेट २५ सेकेण्डमा पुरा गर्दै दोस्रो र सिद्ध माविका विमल पुन मगरले २६ मिनेट २६ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा चित्त बुझाए । छात्र तथा छात्रा दौड विजेतालाई नगद १०, ७ र ५ हजार रुपैयाँ र महिला तथा पुरुष खुल्ला १० किलोमिटर दौड विजेतालाई १५, १० र ७ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।


विजेता छात्रा तथा छात्र एवं खुल््ला तर्फका महिला तथा पुरुष धावकहरुलाई पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेल, महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार सदस्य सचिव सुवास खड्का, महानगरका शिक्षा अधिकृत सोमनाथ भण्डारी तथा जिल्ला खेलकुद विकास समितिका कास्कीका अध्यक्ष तोरण बानियाँ, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी लगायतले नगदसहित पदकतथा प्रमाणपत्र वितरण गरेका थिए ।

दौडमा विद्यालय प्रतिस्पर्धामा ३३२ जना, खुल्ला महिला तथा पुरुष तर्फ ३०० जना सहभागिता रहेको थियो ।दौडको उदघाटन महानगर उपमेयर मन्जुदेवी गुरुङले गरेकी थिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...