छात्रछात्रा पाँच कि.मि दौडमा कास्की मोर्डनाइज्डकी थापा र जनप्रियका शेर्पा प्रथम

पोखरा, असोज २१ गते ।पोखर महानगर खेलकुद विकास समितिले आयोजना गरेको छात्रछात्रा विद्यालयस्तरीय छात्रा तर्फको पाँच किलोमिटरको प्रतिस्पर्धामा कास्की मोर्डनाइज्डकी यमुना थापा प्रथम भएकी छन् । उनले निर्धारित दुरी २५ मिनेट २५ सेकेण्डको पुरा गर्दै प्रथम र्भएकी हुन । त्यस्तै राष्ट्रिय माविकी छात्रा संगीता विकले २६ मिनेट २५ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहँदा कास्की मोर्डनाईज्डकी दिलमाया पुलामीले २७ मिनेट १७ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा आईन् ।

छात्र तर्फको प्रतिस्पर्धामा भने निकै प्रतिस्पर्धात्मक देखियो । जनप्रिय माविका प्रविन शेर्पाले २६ मिनेटमा ५ किलोमिटर दुरीलाई पुरा गर्दै प्रथम हुदाँ छोरेपाटनका मनोज रोकामगरले २२ मिनेट २५ सेकेण्डमा पुरा गर्दै दोस्रो र सिद्ध माविका विमल पुन मगरले २६ मिनेट २६ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा चित्त बुझाए ।

 

विजेता छात्रा तथा छात्र धावकहरुलाई पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेल, महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार सदस्य सचिव सुवास खड्का, महानगरका शिक्षा अधिकृत सोमनाथ भण्डारी तथा जिल्ला खेलकुद विकास समितिका कास्कीका अध्यक्ष तोरण बानियाँ, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी लगायतले नगदसहित पदकतथा प्रमाणपत्र वितरण गरेका थिए । पुरस्कार राशी छात्र तथा छात्रा दौड विजेतालाई नगद १०, ७ र ५ हजार रुपैयाँ महिला तथा पुरुष खुल्ला १० किलोमिटर दौड विजेताले भने १५, १० र ७ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । दौडमा विद्यालय प्रतिस्पर्धामा ३३२ जना, खुल्ला महिला तथा पुरुष तर्फ ३०० जना सहभागिता रहेको थियो ।दौडको उदघाटन महानगर उपमेयर मन्जुदेवी गुरुङले गरेकी थिइन।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...