पोखरा प्रज्ञा प्रतिष्ठानको कार्यालय उद्घाटन

पोखरा, असोज २२ गते ।पोखरा प्रज्ञा प्रतिष्ठानको कार्यालयको उद्घाटन गरिएको छ । पोखरा वडा नम्वर ९ दरबारथोकमा भाडाको घरमा स्थापना गरिएको कार्यालयको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्नुभयो । नेपालीहरुको ठूलो पर्व दशैँको सुरुवात अर्थात घटस्थापनाको अवसर पारेर कार्यालयको उद्घाटन गरिएको पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले जानकारी दिनुभयो ।

यसैवीच प्रतिष्ठानले वडा दशैको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ संस्कृतिको संरक्षणका लागि प्रतिष्ठानले महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । ‘कला र संस्कृतिमा पहिचान हो । यसको संरक्षण गर्नुपर्छ ।’ कार्यक्रममा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिर्खची, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जीवन दाहाल लगायले बोल्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...