नेपालीहरुको महान पर्व बिजयदशमी

आज दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदै

TN Devkota,पाेखरा २२ असाेज, दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । आज पनि राजधानीका तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरुको विहानैदेखि भिड लागेको छ ।

यसैगरी राजधानी बाहिरका दाङको अम्बिकेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको मनकामना लगायतका मन्दिरहरु पनि पूजा गर्नेहरुको भीड लाग्ने गर्दछ ।

समस्त हिन्दुहरुको महान पर्व बिजयदशमी नेपालिहरुको प्रमुख चाड हो। असत्य माथी सत्यको बिजयको रुप समेत मनाउने यस चाडलाई आत्मियता एकता र भाईचाराको रुपमा समेत लिन सकिन्छ। आश्बिन शुक्ल प्रतिपदाको दिन घटस्थापना देखि दशमी सम्म मनाईने गरिन्छ। घटस्थापनाको दिन जौ, मकै, धान लगायत अन्न मिसाई विधि पुर्बक दशै घरमा जमरा राख्ने गरिन्छ, यश पर्बमा घटस्थापना देखि नवमी सम्म चंडि पाठ गरि नबदुर्गा र त्रिशक्ति महाकाली र सरास्वतीको पुजा आरधाना गरिन्छ। नब दुर्गाको सातौ दिन दशै घरमा विधि पुर्बक फुलपाती भित्र्याउने गरिन्छ भने अस्टमिको दिनमा राती महाकालारात्रीको विधि पुर्बक पुजा आजा गरिन्छ, नवमिको दिनमा शक्तिपीठहरुमा बलि दिई नबदुर्गाको पुजाआजा गरिन्छ। दशैको मुख्य दिन दशमिलाई बिजयादशमी समेत भन्ने गरिन्छ। असत्यमाथी सत्यको बिजय, दैत्यलाई देबिले बध गरेको बिश्वास गरिन्छ।

दशैलाई नेपालिहरुको महान पर्बको रुपमा भब्यताका साथ हेरिन्छ। बिदेश मुग्लान पसेका पनि दशैमा घर आउने दशै मनाउने परम्परा रहेको पाईन्छ। बिशेश गरि दशैमा सरसफाइ, घर आगन चिटिक्क पारिन्छ, बाटो गाटो सफा गरिन्छ, रंगीचंगी फुलहरुले दशैलाई आगमन गरिरहेको देख्न सकिन्छ, केटाकेटीहरु चङ्गा र पिङमा रमाउने, नयाँ कपडा, मिठो मसिनो खाने लगायतमा रमाउने परम्परा छ।
दशै जस्ता चाडपर्बले सामाजिक एकता भाईबन्दु, आत्मीयता समेत बढाउने गर्दछ। बिगतमा भएका बेमेल, रिसरागलाई समेत यस्ता चाडपर्बले बिर्साउने, समन्धलाई सुमधुर बनाउन यस्ता पर्बको विशेष महत्त्व रहेको छ। दशैमा आफुभन्दा ठुलोबडाेबाट आशिर्वाद लिने चलन रहेको छ।

दशैलाई आफ्नो औकात अनुसार मनाउने, देखासिखी नगर्ने, ऋण लिएर पर्व नमनाउने, साहुसग ऋण लिदा बिचार पुर्याउने जस्ता कुरामा समेत ध्यान दिनु पर्छ। आफ्नोमा जे छ त्यसैमा सन्तोष लिनु नै यस्ता पर्बको विशेषता हो। दशैमा सरकारले समेत बिदा दिने गरेको छ। दशैमा सबै नातागोता बिच भेटघाट समेत हुने गर्दछ। यसरी घटस्थापना बाट सुरु भएको दशै पुर्णिमाको दिन समापन गरिन्छ।

लेखक: TN Devkota त्रिभुवन बिश्वबिद्धालयमा मानबिकी तथा सामाजिक शास्त्र संकायको स्नातकोत्तर तहमा अध्ययनरत बिद्यार्थी हुुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...