शान्ताको नयाँ भजन सार्वजनिक

काठमाडौं । भक्तपुर लोकन्थली निवासी शान्ता अधिकारी सुवेदीको नयाँ भजन सार्वजनिक भएको छ । गायन विद्यामा निकै सक्रिय शान्ता विषेश गरि भजन गायन विद्यामा सक्रिय छिन् ।
हालै उनले सार्वजनिक गरेको पाथिभारा माता बोलको भजन पाथिभरा माताको महिमाको विषयमा केन्द्रित छ । नेपालको पूर्वी भाग तापलेजुङमा अवस्थित पाथिभरा माताको दर्शन गर्नाले आफूले चिताएको मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।

यसैबीच भजन गायिका शान्ता पनि तापलेजुङ अवस्थित पाथिभरा माताको दर्शन गरेपछि उक्त ठाउँको बर्णन गरि आन्तरिक पर्यटन बढाउन भजन गाएको बताउँछिन् । ‘पाथिभरा माताप्रति विश्वास लागेर नै भजन गाएकी हुँ,’ उनले भनिन, ‘मलाई अध्यात्मतर्फ मन लाग्छ । भौतिक कुराले भन्दा पनि मलाई अध्यात्मले खुशी मिल्ने हुँदा भजन गाउन शुरु गरेकी हुँ ।’
हालै सार्वजनिक भएको पाथिभरा माता बोलको भजनमा शब्द÷संगीत÷स्वर गायिका शान्ताको नै हो । भजनका निर्माता नवराज सुबेदी हुन् भने संगीत संयोजन शीला बहादुर मोक्तानको छ । रेकर्डिङ्÷मिक्सिङ् प्रकाश खरेलको रहेको छ भने म्यूजिक नेपालमा उक्त भजन रेकर्ड गरिएको हो । छायांकन मुकेश हुमागाईको छ । भजनमा कलाकारहरु कमला अधिकारी, स्नेहा सुबेदी, विना घिमिरे, कमला आचार्य, ईन्दिरा रेग्मी, देवीप्रसाद संग्रौला, उषा आचार्य, लगायतको सहभागिता छ ।

शान्ताको हालसम्म श्रीगणेश भजन, सिद्धकाली भजन, परोपकार भजन र पाथिभरा माता भजन गरि ४वटा भजन सार्वजनिक भएको छ । ‘भगवान एउटै हुनुहुन्छ तर नाम मात्रै फरक हो,’ उनी भन्छिन् । भजनमा विशेष केहि भगवानको नाम भए पनि शान्तालाई सबै भगवानप्रति आस्था रहेको बताउँछिन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...