स्वर्ण पदक विजेता सुष्मीलाई मुआथाइ कास्कीको सम्मान

पोखरा, असोज २२ गते ।काठमाडौमा सम्पन्न कराँते च्याम्पियनसिपमा महिला तर्फको खुला तौल समूहमा स्वर्ण पदक विजेता सुष्मी श्रेष्ठलाई सम्मान गरिएको छ । मुआथाइ संघ कास्कीले शुक्रवार पोखरा रंगशालामा आयोजना गरेको वडा दशै, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा सुष्मीलाई सम्मान गरिएको हो ।

सुष्मीले पाँच फाईटमा आफना प्रतिस्पर्धीलाई नकाउट गर्दै स्वर्ण पदक जितेकी हुन् गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गु?ङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, पोखरा महानगर खेलकुद विकास सिमितिका अध्यक्ष दीपकबहादुर गोदारले सम्मानपत्र, दोसल्ला र खादा लगाएर सम्मान गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद सदस्यसचिव गु?ङले खेल संघह? प्रविधिमैत्री हुर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेलकुदका बारेमा चर्चा धेरै हुने गरेपनि बजेट विनियोजन कम हुने गरेको बताउनुभयो । उहाँले खेलकुद सरकारको प्राथमिकतामा नपरेको बताउदै भन्नुभयो, ‘कुरा र भाषण धेरै भए तर बजेट विनियोजनमा व्यवास्था हुने गरेको छ ।’ उहाँले प्रदेश परिषदले खेलाडीको इतिहासलाई कायम राख्न तथ्याङक संकलन गरिरहेको बताउनुभयो । तथ्याङक नहुदाँसम्म विकास सम्भव नहुने उहाँको भनाई थियो ।

 

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार लगायतले नेपालीह?का चाडपर्वका शुभकामना ब्यक्त गदै खेलकुदमा नीजि क्षेत्रको लगानी भित्राउने बारेमा भनाई राख्नुभएको थियो । कार्यक्रम मुयाथाइ संघ कास्कीका अध्यक्ष प्रदिप पहारीको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैवीच मुयाथाइ संघ कास्कीको जर्सी समेत सार्वजनीक गरिएको थियो भने खेल सामग्री समेत हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...