फुटसलको उपाधि पोखरा स्पोटर्स क्यासललाई

पोखरा, असोज २२ गते । राष्ट्रिय फुटसलको उपाधि घरेलु टोली स्पोटर्स क्यासलले जितेको छ । पहिलो पटक पोखरामा आयोजना गरिएको राष्ट्रिय फुटसल लिगको उपाधी घरेलु टोलीले रक्षा गदै नगद १० लाख रुपैयाँ जितेको छ । पोखराको रंगशाला स्थित कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा संखमुल फुटसल काठमाडौंलाई ४–२ गोल अन्र्तरले परजित गर्दै स्पोट्र्स क्यासलले उपाधि रक्षा गरेको हो ।


स्पोट्र्स क्यासलको जीतमा किशोर गुरुङले ह्याट्रिक गर्नुभयो। पुर्व राष्ट्रिय फुटसल टोलीका कप्तान विजय गुरुङले एक गोलको योगदान दिनुभयो भने उपविजेता बनेको संखमुलका लागि लक्ष्मण थापा मगर र मणि लामाले समान एकएक गोल गर्नुभयो ।

उपाधि रक्षा गरेको पोखरेली टोली स्पोट्र्स क्यासलले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद १० लाख प्राप्त गर्दा उपविजेता बनेको संखमुलले मेडल तथा प्रमाणपत्र सहित ५ लाख रुपैयाँमा चित्त बुझायो । त्यस्तै विधागत तर्फ उत्कृष्ट आला संखमुलका मणि लामा, उदीयमान खेलाडीका रुपमा स्पोट्र्स क्यासलका सुमित श्रेष्ठ (मेस्सी) उत्कृष्ट फिक्सोका रुपमा फुटसल फाईभका बिजय श्रेष्ठ, उत्कृष्ट गोलरक्षकला रुपमा संखमुलका अनिश श्रेष्ठ र उत्कृष्ट प्रशिक्षकका रुपमा स्पोट्र्स क्यासलका कोच विष्णु गुरुङ घोषित हुँदै जनही २५र२५ हजार प्रप्त गर्नुभयो ।

अखिल नेपाल फुटबल संघ फुटसल विभागको आयोजनामा भएको पहिलो संस्करणको सो लिगमा देशभरबाट कुल १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।असोज २ गतेबाट प्रतियोगिता सुरुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...