नौलो घुम्ती नेपालको २० औं साधारण सभा

पोखरा । राष्ट्रिय स्तरमा सामाजिक कार्यमा सकृय गैरसरकारी संस्था नौलो घुम्ती नेपालको २० औं बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण शुक्रबार सम्पन्न भएको छ ।

साधारण सभाको प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्रीले आफू जिल्ला समन्वयको अध्यक्ष भए पछी साच्चिकै सामाजिक सेवा गर्ने र कागज मात्रै गर्ने गरी दुई खालका गैरसरकारी संस्था रहेकोमा नौलो घुम्ती नेपालले आफुलाई अग्रपंक्तिमा राख्न सकेकोमा बधाई दिएका थिए ।

 

उनले शिक्षा र स्वास्थमा पहिलो प्राथमिकतामा राख्नुपर्नेमा नेपालका राजनीतिक नेताहरु चुकेको बताउदै बिगतमा जुन क्षेत्रमा लगानी गर्नुपर्ने हो त्यही क्षेत्रमा लगानी गर्ने परिपाटी नरहेकोमा अब सुधार गर्नुपर्ने बताए ।

 

सो अबसरमा संस्थापक अध्यक्ष प्रेम बहादुर श्रेष्ठ, पुर्व अध्यक्ष महेश गुरुङ, रिकभरी नेपालका अध्यक्ष शिव न्यौपाने, पुर्व अध्यक्ष तथा गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदमराज पहारी, निवर्तमान अध्यक्ष खड्गबहादुर रानाभाट, पोखरा १७ का वडा सदस्य शान्त कुमारी गुरुङ, पोखरा ६ का वडा सदस्य राममाया बिश्वकर्मा, वडा प्रहरी कार्यलय बैदामका प्रहरी निरीक्षक बद्री पौडेलले शुभकामना मन्तव्य दिएका थिए ।

 

सो अबसरमा अध्यक्ष योगराज पौडेलले संस्थाको प्रतिबेदन, महासचिव मंगल नेपालीले संस्थाको बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष महेन्द्र गुरुङले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।पत्रकार पुण्यप्रसाद पौडेलले संस्थाले आब २०७७÷७८ मा संस्थाले गरेका कामहरुले समाजमा कस्तो प्रभाव प¥यो भन्ने बारेमा सामाजिक परिक्षण प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष योगराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष बद्री बिनोद प्रतीकले र संचालन महासचिव मंगल नेपालीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...