बृहत फेदीखोला पोखरा सम्पर्क समाजमा क्षेत्री

पोखरा । स्याङ्जा जिल्लाको फेदिखोला गाउँ पालिका जन्म भइ विभिन्न कारणले पोखरामा बसोबास गर्ने हरु बीच भाइचारा र सहयोग आदन प्रदान गर्ने उद्येश्यले स्थापना भएको बृहत फेदिखोला पोखरा सम्पर्क समाजको प्रथम अधिबेशन सम्पन्न भयो ।

बृहत फेदीखोला पोखरा सम्पर्क समाजको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनले कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

 

समितिको प्रथम उपाध्यक्षमा जगदिश लामिछाने, दितिय उपाध्यक्षमा विजय पौडेल, सचिवमा लालबहादुर कार्की, कोषाध्यक्षमा कुल बहादुर रानाभाट (मन), सहसचिवमा मीन प्रसाद सुवेदी र सदस्यहरुमा हुम बहादुर खत्री, राजकुमार क्षेत्री (जित), नरेन्द्रकुमार कार्की, विकास गुरुङ, रोहणी रहण पौडेल, राम्जी प्रसाद शर्मा पनेरु र झम्क नाथ सुवेदी सर्वसम्मत चयन गरेको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय वन, वातावरण तथा भुसंक्षरण मन्त्री दिपक चर्ती मगरले उदघाटन गर्दै सामाजिक संघसंस्थाहरु सरकारका सहयोगी भएको वताउँदै समाजमा उल्लेखनीय कार्य गर्न स्थानीय निकायहरु संग सहकार्य गर्दै कार्यक्रम गर्न सुझाव दिएका थिए ।

 

संस्थाका सल्लाहकार घनश्याम शर्मा लामिछानेको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डलमा कानुनी सल्लाहकार टंक पौडेल र प्रेस संयोजक पत्रकार कृष्ण रानाभाट रहेका थिए । निर्वाचन समितिले सर्वसम्मत निर्वाचन गराउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिर्दै नवनिर्वाचित कार्य समितिलाई कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

 

त्यसै गरी सो अवसरमा सल्लाहकार घनश्याम शर्मा लामिछानेले पचास हजारको अक्षयकोषको घोषणा गरेका थिए भने आजिवन सदस्य कमल रानाभाटले दुई हजार सहयोग गरेका छन् ।संस्थाका अध्यक्ष अबिलास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण बहादुर क्षेत्रीले र संचालन सचिव जगदीश लामिछानेले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...