नेकपा एकिकृत समाजबादी कास्कीको चियापानमा जे देखियो, सुनियो

पोखरा, असोज २३ गते । नेकपा एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकिकृत समाजबादी पार्टी कास्कीले नेपाली चाडपर्व दशै, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना ग¥यो । कार्यक्रमको मञ्चमा समादबादीका नेता भन्दा धेरै अन्य पार्टीका मन्त्री नेता धेरै थिए भने सहभागी पनि माओबादी कार्यकता र काँग्रेस कार्यकताको उपस्थिति बाक्लो थियो । त्यस्तै कार्यक्रममा गेट देखि मञ्च उक्लने भागसम्म रातो कार्पेट ओछयाइएको थियो ।

मन्त्रीका लागि रातो कार्पेट राखिएको थियो । जुनशैली हिजो राजाकको सवारीमा देखिन्थ्यो । केपी ओलीको यस्तै शैलीको विरोध गर्ने पूर्व एमाले नेताहरुले त्यही सिको गरेको कार्यक्रम स्थलमा देखियो । विरशुक्रबार साँझ मन्त्री नियूक्त भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई रातो कार्पेटले स्वागत गरिएको थियो ।

मञ्चमा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का, स्वास्थ्यमन्त्री मधुमाया अधिकारीको सहभागीता थियो भने अर्थमन्त्री रामजी बराल आएर कार्यक्रम सुरु नहुदै बाहिरिएका थिए । त्यस्तै कार्यक्रममा गण्डकी प्रदेशका सबै मन्त्रालयका सचिवहरु, लायन्सका गर्भनर र रेडक्रस कास्कीका अध्यक्षलाई आसन ग्रहण गराइएको थियो । भने जनमोर्चा बाहेक अन्य दलका जिल्लाका पार्टी प्रमुखहरु कार्यक्रमा देखिएन्न तर आसन ग्रहणका लागि नाम बोलाइएको थियो

। कार्यक्रममा स्वागत गरेका अध्यक्ष धनराज आचार्यले आज एकसय बढि सहकारीको साधारण सभा भएको जानकारी पाएको र कार्यक्रम जुधेका कारण सहभागीता कम भएको बताए । उनले लायन्स क्लबकालाई उपस्थितिका लागि अनुरोध गरेको समाजबादीका एक कार्यकताले बताए । उनले भने, लायन्सका दुई हजार आउने भन्ने चर्चा थियो तर कोही देख्दिन भन्दै थपे,‘ हामले दीप सागरको माथिल्लो हलमा राखौ भनेका थियौ तर यहाँ राख्दा खल्लो भयो ।’

चियापान कार्यक्रममा चिया र फ्रुट केक राखिएकको थियो । शुक्रबार साँझसम्म केशवलाल श्रेष्ठ प्रमुख अतिथि भनिएपनि रातारात मन्त्री विरोध खतिवडालाई बनाइएको थियो । कार्यक्रम स्थलमा मनमोहन, पुष्पालाल र मदन भण्डारीको ठूलो फोटो राखिएको थियो ।

 

कास्की विगतदेखिनै एमाले अध्यक्ष केपी ओलीको प्रभाव जिल्ला हो । त्यसैले यहाँ पार्टी विभाजनको प्रभाव न्युन देखिएको छ । कास्कीका पाँच स्थानीय तहमा चार जना सदस्य बाहेक अरुले एमाले रोज भने प्रदेश सभामा समाजाबादी पार्टीनै छैन् । प्रदेश सभामा गण्डकी प्रदेशका २७ जनानै एमालेमै बसे भने तीन संघीय सांसदले पनि एमाले रोजेका कारण यहाँ यो पार्टी कमजोर छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...