स्टार डाइनेग्लोष्टिक सेन्टरमा–ज्ञवाली

गण्डकी, असोज २४ गते । पोखरा महानगरपालिका १० मा सञ्चालित स्टार डाइनेग्नोस्टिक सेन्टरको प्रारम्भिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले अर्जुन ज्ञवालीको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति सर्वसम्वत निर्वाचित गरेको छ । सेन्टरको सदस्यमा महेन्द्र के.सी. सुनिता लम्साल, यशोधरा दुरा र मन्जु मौराली रहनु भएको छ ।


पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति (भिसी) प्रा.डा.बिष्णुराज तिवारीले अधिवेशनको उद्घाटन गर्दै सेन्टरले व्यवसायिक भन्दा पनि सेवामूलक कार्यमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।स्वास्थ्य क्षेत्रलाई कार्यरत बनाउनु भएका यस क्षेत्रका १९ जना शेयर सदस्य रहनु भएको सेन्टरमा हालसम्म दुई करोड रुपैया लगानी भएको शेयर सदस्य नेत्र ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा डा. लक्ष्मण बास्तोाल, नारायण बराल, कुष्ण बास्तोला,सुरेश थापा, सुदिप गौतम लगायतले सेन्टरले सहकारी लगायत समाजका गरिव एवम् विपन्न परिवारका लागि न्यूनतम शुल्कमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...